भदौ १३, चितवन । जापानमा बस्दै आउनुभएका चितवन भरतपुरका एक युवाले भगवान्को मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गर्नुभएको छ । 

उहाँ आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, चितवन । जापानमा बस्दै आउनुभएका चितवन भरतपुरका एक युवाले भगवान्को मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गर्नुभएको छ । 

उहाँ आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भेटी सङ्कलन गरेर असहायका लागि रु एक लाख सहयोग

१३ भाद्र २०७३, सोमबार ०६:१०

भदौ १३, चितवन । जापानमा बस्दै आउनुभएका चितवन भरतपुरका एक युवाले भगवान्को मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गर्नुभएको छ । 

उहाँ आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश्रम चितवनमा रहेका असहायका लागि सहयोग गर्नुभएको आश्रमका अभियन्ता सुमन बर्तालाले जानकारी दिनुभयो । 

भरतपुर १५ स्थायी घर भई हाल जापानमा बस्दै आउनुभएका सञ्जय चालिसेले यसरी परोपकारी काममा सहयोग गर्नुभएको हो । उहाँका आमा बुबा शोभा चालिसे र गुणा चालिसेले आश्रममै आएर उक्त रकम उपलब्ध गराउनुभएको हो । 

वर्षभरि पूजा गर्दा चढाएको पैसा सङ्कलन गर्दा रु एक लाख एक हजार जम्मा भएकाले सोही रकम उपलब्ध गराइएको जनाइएको छ । चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा असहाय, मानसिक सन्तुलन बिग्रिएका, अपाङ्ग जो सडकपेटिमा कष्टकर जीवन गुजार्दै आएका र आफ्नै घरमा समेत बाँधिएर बस्न बाध्यलाई उद्धार गरी राखिएको छ । 

यहाँ अहिले ४७ जना यस्ता असहायले आश्रय पाइरहेका छन् । मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडाँैमा सेवा दिँदै आइरहेको छ । 

सडकमा कष्टकर जीवन गुजार्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा आश्रम लागि परेको संयोजक रामजी अधिकारीले जानकारी दिनुभयो । आश्रम यस्तै नेपाली सहयोगीको सहयोगबाट सञ्चालित छ । 

केही वर्षको अन्तरालमा सडकपेटिमा भेटिएका झन्डै ५०० असहायको उद्धार गरी १०० भन्दा बढीलाई परिवारमा पुनर्मिलन गराइसकेको आश्रमले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने