2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ …

चैत ४, काठमाडौँ । सवारी साधन चलाउनका लागि  चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको छैन । 

कहिले उपकरण नभएको, कहिले छापाखाना नचलेको तथा सर्भरमा समस्याजस्ता कारण देखाएर समस्यामाथि समस्या खडा गरेको गुनासो नागरिकस्तरमा उठेको छ । 

समस्या समाधानका लागि भएका प्रयाससमेत सार्थक बन्न सकेको छैन । तर, यही समस्यालाई केही कर्मचारीले अनियमितता गर्ने माध्यम बनाएपछि कस्को के लाग्दो रहेछ र ? कानुन कार्यान्वयन गराउने निकायको आँखा छलेर गरिएका यस्ता गैरकानुनी क्रियाकलाप भने एक न एक दिन कानुनको फन्दामा पर्छ नै । यस्तै भएको छ, यातायात व्यवस्था कार्यालय पोखरामा । 

अन्य कर्मचारीले गलत काम गर्न खोजे भने रोक्नुपर्ने, नसिहत, दण्ड गर्नुपर्ने कार्यालय प्रमुख नै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको पाइएको छ । 

चालक अनुमतिपत्रको अभावको बहाना देखाएर त्यसैलाई थप आर्थिक लाभ गर्ने माध्यम बनाएको समेत खुलेको छ । चालक अनुमतिपत्रको परीक्षामा पास नभएकासमेतलाई मिलेमतोमा पास गराएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन निमित्त कार्यालय प्रमुखसहित नौ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र यातायात व्यवसाय कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीले २०७५ मङ्सिर, २०७६ कात्तिक र मङ्सिरमा सञ्चालन गरिएको परीक्षामा पास नभएकासमेतलाई पास गराएको पाइएको छ । 

चालक अनुमतिपत्रको परीक्षामा अनुपस्थितलाई उत्र्तीण गर्ने र उत्र्तीण भएकालाई अनुत्र्तीण गराएको पाइएको आयोगको ठहर छ । प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्यमा पोखरामा कार्यारत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत पौडेलले अनियमितता गरेको पाइएको छ । 

यस्तै,  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की, गण्डकी प्रदेश पोखरामा कार्यरत तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाका कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौँ प्रेमप्रसाद श्रेष्ठm अधिकृत छैठौँ डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौँ होमनाथ शर्मा, कम्प्युटर अपरेटर करार झलक पौडेल र मोहनमणि बराल र अधिकृत आठौँ भरतमणि बराल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा अनुत्र्तीण भएका अनुपस्थित भएका १६८ परीक्षार्थीको नतिजा फेरबदल गरेको पाइएको छ । सो परीक्षामा मात्रै दुई जना पास भएकालाई नभएको बनाइएको थियो । परीक्षामा खटिने निरीक्षकको हस्ताक्षरसहित पेश गरेको नतिजा सूची उपलब्ध गराई सोही आधारमा निर्णय गर्नुपर्नेमा अनुत्र्तीण र परीक्षामा अनुपस्थितसमेतलाई उत्र्तीण गराएको पाइएको अनुसन्धानबाट खुलेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको देखिएकाले सोहीअनुसार अधिकतम सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक