२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी अनुमति पत्रको परीक्षामा यतिसम्म हुँदो रहेछ …

४ चैत्र २०७८, शुक्रबार १६:४६

चैत ४, काठमाडौँ । सवारी साधन चलाउनका लागि  चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य छ । ट्राफिक नियमको परिपालनाका लागि त झनै आवश्यक छ । सरकारले चालक अनुमति पत्र खोज्ने सबैलाई सहजरुपमा उपलब्ध गराउन सकेको छैन । 

कहिले उपकरण नभएको, कहिले छापाखाना नचलेको तथा सर्भरमा समस्याजस्ता कारण देखाएर समस्यामाथि समस्या खडा गरेको गुनासो नागरिकस्तरमा उठेको छ । 

समस्या समाधानका लागि भएका प्रयाससमेत सार्थक बन्न सकेको छैन । तर, यही समस्यालाई केही कर्मचारीले अनियमितता गर्ने माध्यम बनाएपछि कस्को के लाग्दो रहेछ र ? कानुन कार्यान्वयन गराउने निकायको आँखा छलेर गरिएका यस्ता गैरकानुनी क्रियाकलाप भने एक न एक दिन कानुनको फन्दामा पर्छ नै । यस्तै भएको छ, यातायात व्यवस्था कार्यालय पोखरामा । 

अन्य कर्मचारीले गलत काम गर्न खोजे भने रोक्नुपर्ने, नसिहत, दण्ड गर्नुपर्ने कार्यालय प्रमुख नै भ्रष्टाचारजन्य गतिविधिमा संलग्न भएको पाइएको छ । 

चालक अनुमतिपत्रको अभावको बहाना देखाएर त्यसैलाई थप आर्थिक लाभ गर्ने माध्यम बनाएको समेत खुलेको छ । चालक अनुमतिपत्रको परीक्षामा पास नभएकासमेतलाई मिलेमतोमा पास गराएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तत्कालीन निमित्त कार्यालय प्रमुखसहित नौ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र यातायात व्यवसाय कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीले २०७५ मङ्सिर, २०७६ कात्तिक र मङ्सिरमा सञ्चालन गरिएको परीक्षामा पास नभएकासमेतलाई पास गराएको पाइएको छ । 

चालक अनुमतिपत्रको परीक्षामा अनुपस्थितलाई उत्र्तीण गर्ने र उत्र्तीण भएकालाई अनुत्र्तीण गराएको पाइएको आयोगको ठहर छ । प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्यमा पोखरामा कार्यारत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत पौडेलले अनियमितता गरेको पाइएको छ । 

यस्तै,  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की, गण्डकी प्रदेश पोखरामा कार्यरत तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाका कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौँ प्रेमप्रसाद श्रेष्ठm अधिकृत छैठौँ डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौँ होमनाथ शर्मा, कम्प्युटर अपरेटर करार झलक पौडेल र मोहनमणि बराल र अधिकृत आठौँ भरतमणि बराल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा अनुत्र्तीण भएका अनुपस्थित भएका १६८ परीक्षार्थीको नतिजा फेरबदल गरेको पाइएको छ । सो परीक्षामा मात्रै दुई जना पास भएकालाई नभएको बनाइएको थियो । परीक्षामा खटिने निरीक्षकको हस्ताक्षरसहित पेश गरेको नतिजा सूची उपलब्ध गराई सोही आधारमा निर्णय गर्नुपर्नेमा अनुत्र्तीण र परीक्षामा अनुपस्थितसमेतलाई उत्र्तीण गराएको पाइएको अनुसन्धानबाट खुलेको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको देखिएकाले सोहीअनुसार अधिकतम सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य