कर दस्तुरबापतको प्राप्त राजस्वका बिवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी  जिन्सी सामग्रीको अभिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कर दस्तुरबापतको प्राप्त राजस्वका बिवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी  जिन्सी सामग्रीको अभिले"/>
2026-09-18 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा कर असुली प्रभावकारी बनाउन अभिमुखीकरण

चैत ८, रसुवा । लेखा प्रणालीको व्यवस्थापन एवं कर असुली कार्यलाई प्रभावकारी बनाउन रसुवा जिल्लाका राष्ट्रसेवकलाई प्रशिक्षण दिइएको छ ।

कर दस्तुरबापतको प्राप्त राजस्वका बिवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी  जिन्सी सामग्रीको अभिलेख चुस्त पार्ने उद्देश्यले यहाँका लेखापाल तथा स्टोर किपरलाई प्रशिक्षण दिइएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलका अनुसार सार्वजनिक वित्त व्यवस्थापनअन्तर्गत सञ्चालनमा ल्याइएका, सिग्यास, आरएम, आइएस, आरएसका विषयमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने कार्यको विषयमा यथेष्ट ज्ञान दिई असुल भएका कर दस्तुरको विवरण  छिटोछरितो राजस्व विभागद्वारा सञ्चालित आरएएस प्रणालीमा पठाउने प्रविधिका विषयमा प्रशिक्षण दिइएको हो । 

कोष तथा लेखा नियन्त्रण कार्यालय रसुवाको आयोजनामा सञ्चालित प्रशिक्षण कार्यक्रममा रसुवाभित्रका सङ्घीय,  प्रदेश,स्थानीय–तह, सुरक्षा निकायमा कार्यरत आर्थिक प्रशासन तथा जिन्सीका कर्मचारीलाई प्रमुख कोष नियन्त्रक पौडेल एवं आन्तरिक राजस्व कार्यालय बालाजुका कर अधिकृत विजय लामिछाने र प्राविधिक अधिकृत सुरेश बाँस्तोलाले प्रशिक्षण दिनुभएको थियो ।

कर्मचारीको क्षमता अभिवृद्धि गर्न जिल्लास्तरमै पहिलोपटक सञ्चालन गरिएको प्रशिक्षणले सरकारी खर्च तथा आम्दानी रकम एवं मालसामानको अभिलेख थप व्यवस्थित पार्न स्थानीय–तहका वडामा समेत सहज भएको कार्यक्रममा सहभागी कालिका गाउँपालिका–४ का सचिव माधवप्रसाद देवकोटाले जानकारी दिनुभयो । प्रशिक्षणमा लेखा तथा जिन्सीका ४० कर्मचारी सहभागी भएको प्रमुख कोष नियन्त्रक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई