कर दस्तुरबापतको प्राप्त राजस्वका बिवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी  जिन्सी सामग्रीको अभिले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कर दस्तुरबापतको प्राप्त राजस्वका बिवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी  जिन्सी सामग्रीको अभिले"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवामा कर असुली प्रभावकारी बनाउन अभिमुखीकरण

८ चैत्र २०७८, मंगलवार ०८:०२

चैत ८, रसुवा । लेखा प्रणालीको व्यवस्थापन एवं कर असुली कार्यलाई प्रभावकारी बनाउन रसुवा जिल्लाका राष्ट्रसेवकलाई प्रशिक्षण दिइएको छ ।

कर दस्तुरबापतको प्राप्त राजस्वका बिवरण तदारुकताका साथ अनलाइन प्रविधिमा रुपान्तरण गराउने र सरकारी  जिन्सी सामग्रीको अभिलेख चुस्त पार्ने उद्देश्यले यहाँका लेखापाल तथा स्टोर किपरलाई प्रशिक्षण दिइएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालय रसुवाका प्रमुख कोष नियन्त्रक हेमराज पौडेलका अनुसार सार्वजनिक वित्त व्यवस्थापनअन्तर्गत सञ्चालनमा ल्याइएका, सिग्यास, आरएम, आइएस, आरएसका विषयमा भएका सुधार तथा आगामी दिनमा गर्नुपर्ने कार्यको विषयमा यथेष्ट ज्ञान दिई असुल भएका कर दस्तुरको विवरण  छिटोछरितो राजस्व विभागद्वारा सञ्चालित आरएएस प्रणालीमा पठाउने प्रविधिका विषयमा प्रशिक्षण दिइएको हो । 

कोष तथा लेखा नियन्त्रण कार्यालय रसुवाको आयोजनामा सञ्चालित प्रशिक्षण कार्यक्रममा रसुवाभित्रका सङ्घीय,  प्रदेश,स्थानीय–तह, सुरक्षा निकायमा कार्यरत आर्थिक प्रशासन तथा जिन्सीका कर्मचारीलाई प्रमुख कोष नियन्त्रक पौडेल एवं आन्तरिक राजस्व कार्यालय बालाजुका कर अधिकृत विजय लामिछाने र प्राविधिक अधिकृत सुरेश बाँस्तोलाले प्रशिक्षण दिनुभएको थियो ।

कर्मचारीको क्षमता अभिवृद्धि गर्न जिल्लास्तरमै पहिलोपटक सञ्चालन गरिएको प्रशिक्षणले सरकारी खर्च तथा आम्दानी रकम एवं मालसामानको अभिलेख थप व्यवस्थित पार्न स्थानीय–तहका वडामा समेत सहज भएको कार्यक्रममा सहभागी कालिका गाउँपालिका–४ का सचिव माधवप्रसाद देवकोटाले जानकारी दिनुभयो । प्रशिक्षणमा लेखा तथा जिन्सीका ४० कर्मचारी सहभागी भएको प्रमुख कोष नियन्त्रक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ