भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । 

लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । 

लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त श"/>

२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विद्युत लाइन काटिन थालेपछि बक्यौता रकम सङ्कलन

२०७३, १३ भाद्र सोमबार ०९:४५

भदौ १३, धनगढी । नेपाल विद्युत् प्राधिकरण धनगढी शाखाले समयमै महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न थालेपछि बाँकी बक्यौता रकम पनि सङ्कलन हुन थालेको छ । 

लाइन काट्न थालेपछि एक हप्तायता मात्रै झन्डै रु १९लाख बक्यौता सङ्कलन भएको उक्त शाखाका लेखा प्रमुख गोविन्द ढकालले जानकारी दिनुभयो । 

एक हप्तायता रु ३० लाख बक्यौता भएकामा १३० ग्राहकको विद्युत् लाइन काटिएपछि ८१ ग्राहकले बक्यौता रकम बुझाई पुनः बिजुली लाइन जोडेको उहाँले बताउनुभयो । 

प्राधिकरणले ‘मिटर रिडिङ’ भएको मितिले दुई महिनासम्म पनि महसुल नबुझाउनेको बिजुलीको लाइन काटदै आएको छ । प्राधिकरणको धनगढी वितरण केन्द्रअन्तर्गत मात्रै गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल रु १० करोड ३३ लाख ७४ हजार बाँकी बक्यौता पुगेकामा सबैभन्दा बढी सडक बत्तीको रु चार करोड ४९ लाख दुई हजार ३८६।– छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आव २०६५/६६ सम्मको सडक बत्तीको हिसाब मिलान गरेपनि त्यसपछिका वर्षमा हिसाब मिलान नहुँदा सडक बत्तीको बक्यौता बढेको बताइएको छ । सडक बत्ती पछि व्यापारी वर्ग र उद्योग क्षेत्रको बक्यौता रकम बढी छ । धनगढी वितरण केन्द्रअन्तर्गत लामो समयसम्म महसुल नबुझाएर कालोसूचीमा पर्ने ३७५ ग्राहकको गत आर्थिक वर्षको अन्त्यसम्ममा बक्यौता झन्डै रु ३६ लाख ३७ हजार पुगेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने