सूचना अधिकारी निल पनेरुले इजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सूचना अधिकारी निल पनेरुले इजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घट"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्की अदालतमा ताेडफाेड, मिसिल चाेरी भएकाे आशंका

९ चैत्र २०७८, बुधबार १०:२८

चैत ९, काठमाडौँ । कास्की जिल्ला अदालतमा ताेडफाेड भएकाे छ । ६ नम्बर इजलासकाे ढाेका फाेरिएकाे हाे । मिसिल रहेकाे दराजकाे ढाेका खुलेकाे अवस्थामा भेटिएकाे अदालतले जनाएकाे छ ।

सूचना अधिकारी निल पनेरुले इजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएकाे छ । घटना मंगलबार राति भएकाे हाे । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,´ उनले भने, `नयाँ भवन भएकाेले सीसीटिभी क्यामेरा राखिएकाे छैन। घटना कसरी भयाे भन्ने यसै भन्न सक्ने अवस्था छैन ।´

प्रहरीले मुचुल्का गरेर फर्किएकाे छ । प्रमाण मिसलस चाेरी भएकाे हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् ।

ताेडफाेडमा प्रयाेग भएकाे फलामकाे रड फेला परेकाे प्रहरीले जनाएकाे छ । साेही रडकाे फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएकाे हाे । उक्त इजलासकाे जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियाे । 

वडा प्रहरीकै अगाडि कसरी भाे ताेडफाेड ?

अदालतकाे ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीकाे कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकाेले यहाँकाे प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चाैबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । साेही कार्यालय अघिकाे अदालतमा भएकाे तोडफोडड रहस्यमय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य