सूचना अधिकारी निल पनेरुले इजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सूचना अधिकारी निल पनेरुले इजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घट"/>
2026-09-12 04:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्की अदालतमा ताेडफाेड, मिसिल चाेरी भएकाे आशंका

चैत ९, काठमाडौँ । कास्की जिल्ला अदालतमा ताेडफाेड भएकाे छ । ६ नम्बर इजलासकाे ढाेका फाेरिएकाे हाे । मिसिल रहेकाे दराजकाे ढाेका खुलेकाे अवस्थामा भेटिएकाे अदालतले जनाएकाे छ ।

सूचना अधिकारी निल पनेरुले इजलासकाे दराज फुटेकाे अवस्थामा रहेकाे बताए । उनका अनुसार घटनाबारे अनुसन्धान सुरु भएकाे छ । घटना मंगलबार राति भएकाे हाे । बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्,´ उनले भने, `नयाँ भवन भएकाेले सीसीटिभी क्यामेरा राखिएकाे छैन। घटना कसरी भयाे भन्ने यसै भन्न सक्ने अवस्था छैन ।´

प्रहरीले मुचुल्का गरेर फर्किएकाे छ । प्रमाण मिसलस चाेरी भएकाे हुनसक्ने प्रारम्भिक अनुमान छ । यद्यपि मिसिलबारे कर्मचारीले छानबिन गरिरहेका छन् ।

ताेडफाेडमा प्रयाेग भएकाे फलामकाे रड फेला परेकाे प्रहरीले जनाएकाे छ । साेही रडकाे फिंगर प्रिन्टदेखि सीसीटिभी फुटेजसमेत हेरेर अनुसन्धान अघि बढाइएकाे हाे । उक्त इजलासकाे जिम्मा न्यायाधीश देवप्रसाद योगीलाई थियाे । 

वडा प्रहरीकै अगाडि कसरी भाे ताेडफाेड ?

अदालतकाे ठ्याक्कै अगाडि वडा प्रहरी कार्यालय छ । डीएसपीकाे कमान्डमा प्रहरी खटिएका छन् । लेकसाइड क्षेत्र भएकाेले यहाँकाे प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू चाैबिसै घण्टा उच्च सतर्कतासाथ बस्छन् । साेही कार्यालय अघिकाे अदालतमा भएकाे तोडफोडड रहस्यमय छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह