चैत १०, काठमाडौँ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत १०, काठमाडौँ ।
2026-09-12 04:09 PM
काठमाडौँ - KTM

जिल्ला अदालतमा तोडफोड गर्ने व्यक्ति पक्राउ

चैत १०, काठमाडौँ । कास्की जिल्ला अदालतभित्र प्रवेश गरी तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई प्रहरीले बिहीबार पक्रेकाे हाे । परियारविरुद्ध अदालतबाट आठ दिनको म्याद लिएर प्रहरीले नकबजनी चोरी उद्योग र आपराधिक उपद्र मुद्दामा अनुसन्धान थालेको हाे । 

उनले बुधबार राति पोखरा महानगरपालिका-६ बैदामस्थित जिल्ला अदालत परिसरभित्र प्रवेश गरी एक नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडेका थिए । 

उनी विगतमा पनि पटक पटक पक्राउ पर्दै जेल सजाय काटेको व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

६ जेठ २०७३ मा पनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा पक्राउ गरेकाे थिए । यस्तै भदाै २०७३ मा वडा प्रहरी कार्यालय रामबजारमा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । त्यस्तै २०७३ सालकै असोजमा चोरी गरेको आरोपमा पक्राउ परेका थिए । २०७४ को कात्तिकमा लागु औषध मुद्दामा समेत प्रहरीले पक्राउ गरेको थियो । चैत २०७६ मा लागू औषध कसुरमा पक्राउ परेका थिए । पछि जेल बसेर २३ फागुन २०७८ मा थुनामुक्त भएका थिए । 

                      

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह