२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

समृद्ध रसुवा निर्माण गर्न आवधिक योजना बन्दै

२३ कार्तिक २०७२, सोमबार १५:५८
rasuwa news
प्रेमप्रसाद पौडेल । कात्तिक २३, रसुवा । जलस्रोत, पर्यटन कृषि र व्यापार, मानव
संशाधन र संस्कृति : समृद्ध रसुवाको आधार भन्ने मूलनाराका साथ रसुवाको दोस्रो आवधिक जिल्ला विकास योजना
तर्जुमा गोष्ठी विदुरमा सम्पन्न भएको छ ।  जिल्लाको समग्र विकासका लागि विभिन्न उपलब्धि तथा सूचकलाई
आधार मान्दै जिल्लाको आवधिक पञ्च वर्षे योजना (आ.व. २०७२÷०७३ देखि २०७६÷०७७ सम्म) निर्माण गर्नका लागि
उक्त गोष्ठी आयोजना गरिएको जिल्ला विकास समिति रसुवाले जनाएको छ ।
कार्तिक २१ देखि २३ गतेसम्म सञ्चालित उक्त
तर्जुमा गोष्ठीले विभिन्न विषयगत समिति वा कार्यालय अन्तर्गत आगामी पाँच आवका लागि १ खरब २९ अरब ८६ करोड
७० लाख बराबरको योजना तर्जुमा गरेको छ । सो वजेट मध्ये भौतिक पूर्वाधार समिति अन्तर्गत विभिन्न
कार्यालयको बजेट १ खरब २२ अरब, आर्थिक समिति अन्तर्गत कार्यालयहरुको ९७ करोड, सामाजिक समिति अन्तर्गत
विभिन्न कार्यालयहरुको २ अरब ५० करोड, वन तथा वातावरण समिति अन्तर्गत विभिन्न कार्यालयहरुको ३८ करोड र
संस्थागत समिति अन्तर्गत विभिन्न कार्यालयहरुको १७ करोड बराबरको योजना तर्जुमा गरिएको गोष्ठीमा बताइएको
छ । दोस्रो आवधिक योजनामा उल्लेख गरिएको भिजन पुरा गर्न वा जलस्रोत, पर्यटन कृषि र व्यापार, मानव संशाधन
र संस्कृति ः समृद्ध रसुवाको आधार भन्ने नाराको मर्म अनुसार समुन्नत रसुवा निर्माण गर्नका लागि विभिन्न
योजना तर्जुमा गरिएको जिविसले जनाएको छ । जलस्रोतको भरपुर उपयोग गरी रसुवालीको आयआर्जन बढाउन र समृद्ध
रसुवा निर्माण गर्न ९७ अरब बराबरको योजना जलविद्युत निर्माण तथा सञ्चालनका लागि छुट्याइएको छ
rasuwa yojanaत्यस्तै बैशाख १२, १३ र २९  गते गएको विनाशकारी भुकम्प र त्यसपछि गएका पराकम्पनका कारण
क्षतिग्रस्त भौतिक संरचना, ऐतिहाँसिक र धार्मिक स्थलहरुको पुननिर्माणका लागि पुननिर्माण समिति पनि गठन
गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित उक्त समिति अन्तर्गत १४ अरब बराबरको योजना तर्जुमा
गरिएको छ ।
जिविस कार्य सञ्चालन समितिका सभापति तथा स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाको
अध्यक्षतामा उक्त गोष्ठी नुवाकोटको सदरमुकाम विदुरमा सञ्चालन भएको हो । सरोकारवाला तथा कार्यालय
प्रमुखहरुको कार्यालयको काम प्रति पनि ध्यानाकर्षण हुने र योजना तर्जुमाका लागि एकाग्रता नहुने भएका
कारण उक्त गोष्ठी जिल्ला बाहिर सञ्चालन भएको स्थानीय विकास अधिकारीले बताउनु भयो ।
कार्यक्रममा माननीय सभासद
छोवाङतेन्जिङ तामाङ, प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइराला,
नेपाली काङ्ग्रेसका प्रतिनिधि तीरबहादुर गुरुङ, नेकपा (एमाले) का सचिव विष्णुप्रसाद देवकोटा, एकीकृत
नेकपा माओवादीका संयोजक इन्द्र गोतामे, नुवाकोटका स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसाल, त्रिशूली
प्रवाह साप्ताहिकका सम्पादक शरण सापकोटा, पत्रकार ज्ञानेन्द्र न्यौपाने, नगरिक समाजका अध्यक्ष बाबुलाल
तामाङ, जिल्ला महिला समन्वय समितिका उपाध्यक्ष देवकी रैलालगायतका बक्ताहरुले समुन्नत रसुवा निर्माणका
लागि दोस्रो आवधिक योजना तर्जुमाले सहयोग पु¥याउने बताउनु भएको छ । जिल्लालाई समुन्नत बनाउन गाउँ विकास
समितिलाई बलियो बनाउन जिल्ला केन्द्रित गाविस सचिवहरुले गाउँ विकास समितिमा गएर कार्य गर्नुपर्नेमा
सरोकारवालाहरुले जोड दिएका छन् ।
योजना तर्जुमा गोष्ठीमा प्रहरी नायव उपरीक्षक अवदेस विष्ट, सहायक प्रमुख जिल्ला
अधिकारी चिरञ्जीवी थापालगायत विभिन्न विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सक्रिय
सहभागिता रहेको थियो । गोष्ठीको सुरुआत तथा अन्त्य माननीय सभासद छोवाङतेन्जिङ तामाङको प्रमुख आतिथ्यतामा
सञ्चालन भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान