सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ ।

सम्मेलन दाङले लालमटियाको नयाँबस्तीमा संकलन गरेको ९१ हजार १ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ ।

सम्मेलन दाङले लालमटियाको नयाँबस्तीमा संकलन गरेको ९१ हजार १ "/>

२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

जनजाति सम्मेलनद्धारा रोल्पाका पहिरो पिडितलाई राहत प्रदान

१३ भाद्र २०७३, सोमबार १३:१८

सन्तोषकुमार गुप्ता/भदौ १३, दाङ । अखिल नेपाल जनजाति सम्मेलन दाङले लालमटिया—८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडितलाई झन्डै एक नगद राहत रकम प्रदान गरेको छ ।

सम्मेलन दाङले लालमटियाको नयाँबस्तीमा संकलन गरेको ९१ हजार १ सय ५ रुपैयाँ नगद राहत रकम रोल्पा उवा—९ कम्पु निवासी पहिरो पिडित नन्दे पुनमगरलाई प्रदान गरेको हो । नयाँबस्तीका राजेन्द पुनमगर तथा राजकुमारी पुनमगरबाट ६० हजार, निमबहादुर रानामगर ५ हजार, लक्ष्मी रोकामगर २ हजार, अमृत पुन १ हजार ५ सय, शिवा घर्तीमगर, दिलराज पुनमगर, दिपु पुनमगर, सिता घर्तीमगर, बसन्त श्रेष्ठ, भिमबहादुर घर्तीमगर र छविलाल घर्तीमगरबाट १÷१ हजार तथा अन्यबाट गरी संकलित उक्त नगद राहत प्रदान गरिएको सम्मेलनका जिल्ला सचिव दलबहादुर घर्तीमगरले जानकारी दिए ।

बिशिष्ट सहयोगदाता राजकुमारी पुनमगरको अध्यक्षता एवम् राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रेशम बिसीको प्रमुख आतिथ्यमा राहत रकम प्रदान गरिएको छ । सो अवसरमा बोल्दै बिसीले मानव जीवनमा आईपर्ने आपतबिपतमा सक्दो सहयोग गर्नु नै बास्तविक दान गर्नुको अर्थ र महत्व हुने बताए । 

उनले धर्म कमाउने नाम गरिने फजुल खर्च तथा दानको अबमुल्यन नहुने बरु प्राकृतिक पिडितहरुलाई सहयोग गर्नु नै ठुलो धर्म जस्तो अरु केही नहुने समेत बताए । राहत संकलनकर्ता दिलराज पुनमगरको बिषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सञ्चालन सम्मेलनका जिल्ला सचिव दलबहादुर घर्तीमगरले गरेका थिए ।    

गत साउन ११ परेको अबिरल बर्षाबाट पहिरो जाँदा रोल्पा उवा—९ कम्पु निवासी नन्दे पुनकी श्रीमती बर्ष २६ की मनकुमारी पुनमगर, छोराहरु बर्ष १४ का विकास पुन, बर्ष ८ का निकास पुन र बर्ष १२ की छोरी आसा पुनको ज्यान गएको थियो । पहिरोले घरगोठ समेत बगाए पछि पिडित पुन लालमटिया—८ नयाँबस्ती मसुिरया स्थीत आफन्तीको घरमा बस्दै आएका छन् । 

उनी बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा भएको बेला पहिरो गएको थियो । पहिरोबाट सम्पूर्ण पहिरो गुमाएको खबर पाए पछि उनी केही दिन पहिले मात्र रोल्पा आईपुगेका थिए । पहिरोले बस्ने बास र खाने गाँस नै बगाए पछि उहाँ अहिले आपन्तीको शरणमा बसदै आउनु भएको पिडित पुनले बताए । 

अहिले सम्म उहाँलाई जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १ लाख ६० हजार नगद र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रोल्पाबाट लत्ताकपडा र भाँडाकुँडा बाहेक अरु कुनै राहत नपाएको पिडित पुनले भने । साथै पुनले आफूलाई सक्दो सहयोग गर्न अपिल समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो