भदौ १३, पर्वत । गत बैशाख १२ गते गएको भुकम्पका कारण प्रभावित बनेका कुस्मा नगरपालिका भित्रका पीडितलाई दिने त्रिपालमा घोटाला भएको खुलासा भएको छ । कुस्मा नगरपालिकाका कार्यकारी अधिकृतले पाल खरिद गर्दा ५ रुपीयाँ वर्ग फिटमा पाईने प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, पर्वत । गत बैशाख १२ गते गएको भुकम्पका कारण प्रभावित बनेका कुस्मा नगरपालिका भित्रका पीडितलाई दिने त्रिपालमा घोटाला भएको खुलासा भएको छ । कुस्मा नगरपालिकाका कार्यकारी अधिकृतले पाल खरिद गर्दा ५ रुपीयाँ वर्ग फिटमा पाईने प"/>
२०८२, २५ चैत्र बुधबार
पर्बत - PBT

खुल्दै कार्यकारी पौडेलको राज, त्रिपाल काण्डमा नक्कली विल पेश गरेको खुलाशा

२०७३, १३ भाद्र सोमबार १५:२३

भदौ १३, पर्वत । गत बैशाख १२ गते गएको भुकम्पका कारण प्रभावित बनेका कुस्मा नगरपालिका भित्रका पीडितलाई दिने त्रिपालमा घोटाला भएको खुलासा भएको छ । कुस्मा नगरपालिकाका कार्यकारी अधिकृतले पाल खरिद गर्दा ५ रुपीयाँ वर्ग फिटमा पाईने पाललाई ९ देखि १५ रुपीयाँसम्म वर्ग फिटमा खरिद गरेर अनियमितता गरेको पाईएको हो । पाल खरिद गर्दा कम मूल्यमा खरिद गरेको भएपनि पौडेलले कार्यालयमा पेश गर्दा बढि रकम लिएर दिएको पाईएको छ ।

सदरमुकाम कुस्मा बजारका विभिन्न पसलबाट खरिद गर्दा पौडेलले मिलेमतोमा खरिद गरि भुकम्प पीडितलाई बाँडेका थिए । उनले खरिद प्रक्रिया नअपनाई मनोमानी ढंगले खरिद गरेको खुल्न आएको हो । पसलमा बिना प्रतिस्पर्धा खरिद गरेको भन्दै केही व्यापारिले बिरोध गर्दा दोस्रो चरणमा खरिद गर्ने बताएर पछि खरिद नगरेको व्यापरिको भनाई छ ।

कार्यकारी अधिकृत पौडेलले खरिद गरेको पाल पातलो, कम गुणस्तरको भएपनि त्यसको मूल्य भने बढि तिरको पार्ईएको व्यापारिहरुको आरोप छ । उनीहरुले कम मूल्यमा बजारमा किनेर लैजाने तर बढि मूल्यको विल पेश गरिएको भन्दै ध्यानाकर्षण गराएको भएपनि अर्को लटमा मिलाउने भन्दै पूनः ति पसलबाट पाल खरिद नगरेको उनीहरुको गुनासो छ ।

नगरपालिकाले खरिद गरेको पाल नगरपालिका भित्र समेत नबाँडेर नेपाली काँग्रसका नेताहरुलाई दिएर नगरपालिका बाहिर बाँड्न पठाएको समेत पाएपछि नगरपालिकाको संयन्त्रमा रहेका दलहरुले समेत बिरोध जनाएका थिए । हामीले बिरोध गरेपनि प्रमुखले कुनै वास्ता गरेनन् एक संयन्त्र प्रतिनिधीले भने । त्यसैगरि घर बीहिन बनेका पीडितलाई दिने चामल दाल, लत्ता कपडा लगायमा समेत फर्जी बिल पेश गरेको पाईएको छ । कार्यकारी अधिकृत पौडेलले नगरपालिकामा आएदेखि नै विभिन्न अनियमितता गर्दै आएपछि विवादमा पर्दै आएकाछन् । उनले कर्मचारी नियुक्तिमा समेत आफन्तलाई नियुक्ति गरसमय समयमा यस्तो क्रियाकलाप गर्ने गर यसबारेमा जानकारीका लागि नगरपालिकाका कार्यकारी अधिकृत चण्डीका पौडेलले खरिदमा कुनै अनियमितता नभएको र सोको बारेमा सबै अध्यायन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण