2026-11-02 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन महिनादेखि पोखराको मणिपाल अस्पतालमा तालाबन्दी

चैत १७,  पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीन महिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमा समेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमतिअनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइ नभएको भन्दै दुईवटा डीनको कार्यकक्षमा पनि ताला लगाए । अझै कर्मचारीको माग सुनुवाइ भएको छैन ।

कर्मचारीको आन्दोलनले प्रशासनदेखि उपचारमा समेत समस्या सुरु भएको छ । उपचार कक्षमा तालाबन्दी नगरे पनि कर्मचारी व्यवस्थापन र सामाग्री खरिदमा समस्या भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको ७ बुँदे सम्झौताअनुसारका सेवासुविधा दिनुपर्ने कर्मचारीहरूको माग छ ।

कर्मचारी अमृत पौडेलले आफ्ना मागहरु नयाँ नभएको र सहमति कार्यान्वयनलाई मात्र अघि सारिएको बताए । ‘यी कुनै पनि माग नयाँ होइनन् । अस्पताल प्रशासन र कर्मचारी युनियन बीच भएको सहमति कार्यान्वयनको माग हो,’ उनले भने, ‘धेरै पटक घच्घच्यायौं । अस्पतालले सुन्दै सुनेन । बाध्य भएर तालाबन्दी गर्नुपरेको हो ।’

कर्मचारीलाई सुत्केरी बिदा, चार्डपर्व र किरिया बिदा दिनुपर्ने उनीहरूको माग छ । मणिपालमा सधैँजसो कर्मचारी र व्यवस्थापन पक्षको मनमुटाव बाहिरिन्छ । कहिले तलब वृद्धिको मागमा आन्दोलन हुन्छ भने कहिले सहमति कार्यान्वयनको दबाबका लागि । मणिपाल २०५९ सालमा खुलेको हो । आफ्ना मागबारे कर्मचारी युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा निवेदन दिएका थिए । श्रम कार्यालयले उपदान लगायतका सुविधा तत्कालै लागू गर्न निर्देशनात्मक पत्र दियो । तर, अस्पतालले त्यसलाई थन्क्याएर राखेको कर्मचारीको आरोप छ ।

‘नेपालको ऐनअनुसार खुलेको कम्पनीले नेपालकै श्रम ऐन मान्दैन । सरकारी निकायले दिएका निर्देशन पनि टेर्दैन,’ युनियनका अध्यक्ष जीवनबहादुर थापा भन्छन्, ‘ऐन नियम मान्दिनँ भन्ने अस्पतालमाथी सरकार किन चुप छ ?’

यसबाहेकका माग पनि कर्मचारीले अघि सारेका छन् । यसअघि गरिएको कोरोना बिमाको रकम पाउनुपर्ने, चाडपर्वमा खटाएका कर्मचारीलाई छुट्टै तलब सुविधा दिइनुपर्ने लगायत माग राखेका छन् । केही कर्मचारी कोभिड संक्रमणमा परेको र उनीहरूको बिमा गरिएको भए पनि अस्पतालले आफैँले बिमा रकम लुकाएको उनीहरूको आरोप छ । माग सुनुवाइ नभए केही दिनमै उपचार कक्षमा समेत तालाबन्दी गर्ने उनीहरूले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द