नन्दराम जैशी | भदौ १४, जुम्ला | जुम्लामा हरेक बर्ष कुल गर्भवती महिलामध्य एक चौथाइ गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | भदौ १४, जुम्ला | जुम्लामा हरेक बर्ष कुल गर्भवती महिलामध्य एक चौथाइ गर"/>
२८ मंसिर २०८२, शनिबार
जुम्ला - JML

२० वर्ष नपुग्दै आमा बन्ने युवतिको संख्या बढ्दै

१४ भाद्र २०७३, मंगलवार ०३:३६

नन्दराम जैशी | भदौ १४, जुम्ला | जुम्लामा हरेक बर्ष कुल गर्भवती महिलामध्य एक चौथाइ गर्भवति महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७० देखि ०७३ सम्म जुम्लामा हरेक बर्ष एक चौथाइ गर्भवती महिला २० वर्ष नपुग्दै आमा बन्ने गरेका हुन् । कार्यालयका तथ्याङ्क सहायक यूवराज अधिकारीका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा जुम्लाका २ हजार ६ सय ५२ जना गर्भवति महिलामध्य गर्भजाँच गराएका ८ सय ४७ जना गर्भवति युवति २० वर्ष नपुग्दै आमा बनेका छन् ।

यस्तै आर्थिक बर्ष ०७१/७२ मा गर्भवती महिलाको जम्मा संख्या २ हजार ९ सय ६० जनामध्ये १ हजार ९ सय जना गर्भवति युवति २० वर्षभन्दा कम उमेरका रहेको तथ्याङ्क सहायक यूवराज अधिकारीले बताए । आर्थिक वर्ष ०७०÷०७१ मा ३ हजार १ सय ३४ जना महिलाले गर्भजाँच गराएकोमा १ हजार ८६ जना २० वर्षभन्दा कम उमेरका युवति रहेको उनले जानकारी दिए ।

जनचेतनाको कमि तथा रुढिबादि सामाजिक संस्कारका कारण जुम्लाका किशोरी तथा युवती शारीरिक र मानसिक रुपमा परिपक्क नभई आमा बन्न बाध्य भएका हुन् । २० वर्षअघि बच्चा जन्माउनुलाई आमा र बच्चा दुवैको स्वास्थ्यका हिसाबले जोखिमयुक्त मानिन्छ । जुम्लामा बीस वर्षअघि नै बच्चा जन्माउँदा महिलाहरुको पाठेघर खस्ने, शारीरिक कमजोरी, औसत आयुमा असर, बच्चामा कुपोषण र अपाङ्गता जस्ता समस्या देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका तथ्याङ्क सहायक अधिकारीका अनुसार केही वर्षयता २० वर्षभन्दा कम उमेरमा आमा बन्नेको संख्या घटे पनि मातृ, शिशु स्वास्थ्यका हिसाबले अझै चुनौती रहेको छ ।

यस्तै बर्षेनि हजारौ महिलाहरु गर्भवति भएपनि जुम्लाका कमै गर्भवती महिलाले मात्र सुरक्षित प्रसूति सेवा लिने गरेका छन् । भौगोलिक विकटता, चेतनाको कमी, यातायातका साधनको भरपर्दो व्यवस्था नहुने एवम् आर्थिक अभावले गर्दा गर्भवती महिलाले सुरक्षित प्रसूति सेवा कमै लिने गरेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे