२४० जना विद्यार्थी रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २४० जना विद्यार्थी रह"/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

ट्यांक जुस खाँदा एकै विद्यालयका २४० विद्यार्थी बिरामी, अनुगमन शून्य

१७ चैत्र २०७८, बिहीबार १०:५९

चैत १७, जुम्ला । जुम्लामा ट्यांक जुस खाँदा एकै  विद्यालयका २४० जना विद्यार्थी बिरामी भएका छन् । गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कूलका विद्यार्थीले म्याद नाघेको ट्यांक जुस खाँदा एकै साथ बिरामी परेका हुन् । 

२४० जना विद्यार्थी रहेकामध्ये जुस खाएको पहिलो दिन तीन जना बिरामी भएका र भोलिपल्ट एकै साथै सबै बिरामी परेका हिमाली बोडिङ स्कूलका प्रिन्सिपल मञ्जिल गिरीले जानकारी दिए । ‘हामीले अभिभावकलाई बोलाएर तत्काल २५ जनाको उपचार गराएका थियौँ,’ उनले भने, ‘बाँकी सबै आफैँ ठिक भएका छन् ।’

विद्यार्थीले खाएका जुसका दुई सयभन्दा बढी डिब्बा फेला परेको प्रिन्सिपल गिरीले जानकारी दिए । उनले भने, ‘बिरामी भएलगत्तै प्रत्येक विद्यार्थीको कक्षा कोठा र झोला हेरेर दुई सयभन्दा बढी ट्यांक जुस खाएको डिब्बा फेला पार्‍यौँ ।’ 

बिरामी परेका विद्यार्थीको अवस्था समान्य रहेको अभिभावक बमबहादुर कामीले बताए ।  सबै अभिभावकलाई विद्यालयले बैठक बोलाएको छ । जुस सेवन गरेका विद्यार्थीको पेट दुख्ने, टाउको दुख्न, बान्ता गर्ने  समस्या देखिएको उनले बताए ।  

बालबालिका बिरामी परेपछि हिमाली बोडिङमा अध्ययनरत बालकालिकालाई स्वच्छ खानेपानी खुवाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको छ । 

विद्यार्थीले सेवन गरेको जुसको म्याद सन् २०२१ मा सकिए पनि व्यापारीले बिक्री गरिरहेको फेला परेको छ । सन् २०२२ को चौथो महिना लागिसके पनि बजार अनुगमन शून्य हुँदा व्यापारीको म्याद सकिएको खाद्यवस्तु बिक्रीमा मनोबल बढेको अभिभावक बताउँछन् । चार महिनाअघि नै म्याद सकिएको जुस सेवन गरेका विद्यार्थी बिरामी परेपछि बल्ल सरोकारवालाले बजार अनुमगन थालेका छन् ।  

एकैपटक धेरै विद्यार्थी बिरामी परेको समाचार बाहिरिएसँगै जिल्ला प्रशासान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्ला, उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्ला  र नेपाल पत्रकार महासंघले  संयुक्त रुपमा स्थलगत  अनुगमन गरेको छ ।

दर्ताविना सञ्चालन

गुठीचौर गाउँपालिका– ५ देपालगाउँस्थित हिमाली बोडिङ नजिकै सञ्चालति ट्यांक जुस  बिक्री गरेका पसल दर्ता नभएको भेटिएको छ । सुशील भण्डारीले सञ्चालन गरेको दर्ताविहीन पसलबाट पनि म्याद नाघेको जुस किनेर खाँदा आफू बिरामी परेका बालक  सुशान कामी बताउँछन् ।

भण्डारीले जस्तै त्यहाँ सञ्चालित करिब एक दर्जन पसल दर्ता नगरी सञ्चालन भएको पाइएको र अनुगमनका क्रममा म्याद नाघेका अखाद्य वस्तु बढी बिक्री भएको भेटिएको छ । दर्ता गरेर व्यवसाय गर्न अनुगमनका क्रममा निर्देशन दिइएको उद्योग तथा उपभोत्ता हकहित संरक्षण कार्यालय जुम्लाका कार्यलय प्रमुख श्रीकृष्ण देवकोटाले बताए ।   

उनले भने, ‘एक हप्ताभित्र अनिवार्य रुपमा दार्ता गर्नका लागि पसल सञ्चालकलाई निर्देशन  दिइएको छ ।  एक हप्ताभित्र दर्ता नगरी सञ्चालन गरिएको पाइएका तत्काल बन्द गरिनेछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की