2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

झापामा बंगुर पालक किसान बढ्दै

चैत्र २०, झापा | विगतमा बंगुर पालक किसान कमै भेटिन्थे । तर, पछिल्लो समय बंगुर पालक किसानको संख्या बढ्दै छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत केरखा आसपासमा त बंगुर पालन मात्र हैन यसलाई बजारीकरण गर्न होटलसमे खुलेका छन् ।  संघीयतापछि प्रदेश र स्थानीय सरकारले अनुदानको कार्यक्रम दिन थालेपछि पनि बंगुर पालक किसान बढेका छन् । यस्तै, कोरोना महामारीले विभिन्न ठाउँमा रोजगारी गर्दै गरेका युवा गाउँ फर्किएर पनि बंगुर पालनमा लागेका छन् ।

प्रदेश सरकारले नश्ल सुधारदेखि बंगुरको खोर निर्माणसमेत अनुदान उपलव्ध गराएपछि झापामा बंगुर पालन गर्ने किसानहरूको संख्या बढ्दै गएको हो । झापामा केही वर्ष अघिसम्म बंगुर पालन गर्ने किसानहरू सीमित संख्यामा मात्र थिए । तर, तीन वर्षयता जिल्लामा बंगुर पालक किसानको संख्या बढेर पाँच सयभन्दा धेरै पुगेका छन् । प्रदेश सरकारले खोर निर्माणदेखि नश्ल सुधारमा समेत सहयोग गर्न थालेपछि बंगुर पालक किसानको संख्या बढ्न थालेको बंगुर व्यवसायी संघ प्रदेश- १ का अध्यक्ष संजिव कुलुङ्ग राईले बताए । "सरकारले पनि सहयोग गर्दै आएको छ । त्यसकारण बंगुर पालक किसानको संख्या बढ्यो,"उनी भन्छन्, "तर, अहिले दानाको मूल्य अकासिएको छ । बजारमा माग पनि घटेको छ ।’

बंगुर पालनमा आकार्षण बढेपछि पछिल्लो आर्थिक मन्दी र दानाको मूल्य वृद्धिले साना बंगुर पालक किसानमा भने समस्या आउन थालेको छ । बंगुर उत्पादनमा वृद्धि भए पनि उचित बजार नहुँदा समस्या हुन थालेको किसानले बताएका छन् । 

झापामा यसपटक पनि प्रदेश सरकारले बंगुर पालनक किसानका लागि भनेर विभिन्न कार्यक्रमहरू आएको छ । सरकारको सहयोग पाउन थालेपछि बंगुर पालनमा किसानको आकार्षण बढ्दै गएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख डा. विनय श्रेष्ठले बताए । ‘यसवर्ष पनि बंगुर पालक किसानका लागि अनुदानको कार्यक्रहरू छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन मिलेको छ । जसका कारण बंगुर पालक किसानको संख्या दिनानुदिन बढ्छैन,"उनले भने । 

प्रदेश-१ को कृषि मन्त्रालयका अनुसार प्रदेश-१ बंगुरको मासु उत्पादनका लागि आत्मनिर्भर प्रदेश हो । नेपालभर पालिने र मासुका लागि प्रयोग हुने बंगुरमध्ये ६० प्रतिशत बंगुर प्रदेश-१ मै पालिने गरेको मन्त्रालयका सूचना अधिकारी कुमारसिंह खत्रीले जानकारी दिए । उनका अनुसार प्रदेश-१ मा सबैभन्दा धेरै झापामा बंगुर पालिने गरिएको छ । "मासुका लागि बंगुर पालिन्छ । नेपालमा पालिने बंगुरको ६० प्रतिशत हिस्सा चाहिँ प्रदेश-१ ले धानेको छ । बंगुर पालनमा यो प्रदेशको राम्रो छ,"उनले भने, "यहाँबाट काठमाडौं र पश्चिमका जिल्लामा पनि निर्यात हुन्छ । भारतको विभिन्न ठाउँसँगै भुटानसम्म पनि पुग्छ ।’ 

प्रदेश-१ मा बंगुर पालनको सम्भावना देखेर प्रदेश-१ सरकारले बंगुर प्रवर्द्धन कार्यक्रमसमेत दिएको थियो । त्यो कार्यक्रममार्फत ११८ जना किसानलाई अनुदान दिइएको खत्रीले बताए । अनुदानबाट खोर निर्माण लगायतका काम भएको उनले बताए । तर, पछिल्लो समय बजार पाउन मुस्किल भएको उनको भनाइ छ । "बंगुरको पाठा विक्री गर्न बजार अभाव भएको किसानबाट गुनासो आएको छ । उत्पादन धेरै भएपछि बजार पाउनै मुस्किल भयो,""उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक