2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भैरहवामा अस्पताल जाने मुख्य सडकमै राप्रपाको आमसभा

चैत्र २१, भैरहवा | मुख्य सडक बन्द गरेर राप्रपाले रुपन्देहीमा जिल्लास्तरीय आमसभा गर्दै छ । जिल्लाकै ठूलो अस्पताल युनिभर्सल मेडिकल कलेज जाने मुख्य बाटो छेकेर राप्रपा रुपन्देहीले आमसभा आयोजना गरेको हो । 

देशव्यापी देश दौडाहामा नियमित आमसभा र चुनावलाई लक्षित गरी आमसभा गर्नका लागि मुख्य सडकमैत्री पथदेखि खजहना चोकसम्म सडक बन्द गरिएको छ । सडक बन्दले यात्रु तथा पैदल यात्रीले समेत सास्ती खेप्नु परकेाे छ । मुख्य सडकमा सडकमै स्टेज बनाएर सभा गरिनेछ । आठ सदस्यीय समिति बनाएर जिल्ला समितिले हजार बढिलाई पार्टी प्रवेश गराउने दाबी गरेको छ ।

राप्रपा जिल्ला अध्यक्ष सागर राणाले अहिलेको बेथिति र भ्रष्टाचारको विरोधमा राष्ट्रियताको जगेर्ना घुम्ने खतराबाट बचाउन सडकमा आमसभा गर्न लागिएको बताए । आम सभाको लागि ठाँउ नभएकोले यात्रुहरुका लागि वैकल्पिक मार्ग डाइभर्सन दिएर गर्न लागिएको हाे र यो ७५ औँ देशव्यापी कार्यक्रम रहेकाे अध्यक्ष राणाले भने । 

चुनावी सभामा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष ध्रुव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले सम्बोधन गर्नेछन् । 

राप्रपाको सडकमा हुने सभाको समाजिक संजालमा पनि टिकटिप्पणी भएका छन् । रुपन्देहीका प्रमुख जिल्लाअधिकारी ऋषिराम तिवारीले जानकारी गराएर आम सभागर्न लागिएको बताए । पहिला बजार क्षेत्र पवनको अगाडि गरिँदै आएको सभा यसपटक बजारभन्दा केही बाहिर गर्न लागेको हो र  डाइभर्सन मिलाएर कार्यक्रम गर्न लागिएको उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द