भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दिगो विकासको लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७३, १४ भाद्र मंगलवार ०६:००

भदौ १४, पर्वत । दिगो विकासको लागि पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

नागरिक समाज संजाल पर्वतको आयोजनामा दिगो विकास सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम भएको हो । सोमबार भएको उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले जिल्लामा रहेका स्थानिय तथा अन्तराष्ट्रिय एनजिओ तथा आइएनजिओले गरेका कार्यक्रम र त्यसको आर्थिक  पारदर्शीताका बारे प्रश्न चिन्ह उठाएका थिए ।

विगतका बर्षमा जिल्लामा रहेका केहि एनजिओहरुले कामभन्दा पनि अनियमितता तथा आर्थिक सवालमा फितलो भएका कारण अख्तियारमा समेत उजुरी परेको    कुरालाई सहभागीले वेजोडका साथ उठाएका थिए । 

दिगो विकासको लागि काम तथा योजना राम्रा र उपयोगी भएता पनि काम गराइ र आर्थिक पारदर्शीतामा भने कमजोर देखिएको बताए । सन् २०१५ मा अमेरिकामा भएका १९६ वटा देशको संयुक्त भेलाले पारित गरेको दिगो विकासको लक्ष्य पहिल्याउन १७ वटा सुचक जारी गरेका थिए । सोही लक्ष्यमका बारेमा छलफल भएको थियो ।   

विकशित मुलुकले ०.७ प्रतिशत लगानी विकासोन्मुख तथा अल्पविकसित देशहरुको लागि छुट्याउनुपर्ने  उक्त प्रतिबेदनमा उल्लेख छ । जसबाट ०.२ देखि ०४ प्रतिशत सम्म यसको प्रतिफल भएको बुझिएको छ । 

उक्त भेलाले दिगो विकासका सुचकमध्ये वितरणमा न्याय, आर्थिक न्याय, सामाजिक न्याय, बातबरणीय न्याय, शैक्षिक तथा पारदर्शीता सम्बन्धीका विषयबस्तुलाई प्रथामिकतासाथ राखेको छ भने  भोकभरी, खाद्य सुरक्षा, स्वास्थ्य सुरक्षा, समावेशी शिक्षा, लैगिक समानता, स्वास्थ्य तथा सरसफाइ लगाएतका विषयबस्तुलाई उदेश्यमा राखेको छ । सन् २०३० सम्मको लागि  राखिएका दिगो विकास लक्ष्य १५ बर्षिय योजनामा रहेको छ ।

जेष्ठ नागरिक संघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यको प्रमुख आतिथ्यता सम्पन्न भएको कार्यक्रममा  ,प्रहरी नायव निरीक्षक गंगा पन्त, गैसस महासंघका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रिय इन्चार्ज देवि प्रसाद तिमिल्सिना लगायतका विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

कार्यक्रमको अध्यक्षता संजालका अध्यक्ष राजेन्द्र पहाडीले गरेका थिए भने कार्यक्रमको संचालन इन्सेक प्रतिनिधि किशोर सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण