2026-09-18 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

केरुङ नाका स्तरोन्नती गर्न व्यवस्थापिका संसद विकास समितिलाई ज्ञापन पत्र

मंसिर ९, रसुवा / रसुवागढी
केरुङ नाकाको स्तररोन्नतीका लागि व्यवस्थापिका संसद विकास समितिको टोलीलाई जिल्लावासीका तर्फबाट सडक
बिस्तार तथा स्तरोन्नती गर्न माग गरेका छन् ।

व्यवस्थापिका संसद
विकास समितिका सभापति रविन्द्र अधिकारीको संयोजकत्वमा ७ सदस्यीय टोलीलाई सदरमुकाम धुन्चेमा जिल्लाका
सरोकारवाला निकायसँग छलफल पछि रसुवा जिल्लाको सडक बिस्तार तथा स्तरोन्नतीका लागि रसुवा उद्योग बाणिज्य
संघ ले जिल्लाको तर्फबाट व्यवस्थापिका संसद विकास समितिका सभापतिलाई २ बुदे ज्ञापन पत्र पेश गरेका हुन्

छलफलमा एनेकपा माओबादीका माधब लामिछानेले अहिलेको संरचनामा
अगाडि बढ्न नसक्ने हुँदा दीर्घकालिन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सरकारी निकायबाटै कालोबजारी
भईरहेको बताउदै उहाले रसुवागढी नाकाबाट चीन प्रबेश गर्न एकदिने पास मात्र दिईएकोमा आक्रोश व्यक्त गरे

यस्तै नेपाली काग्रेसका लामाकार्पु तामाङले पनि यहाँको
समस्यालाई जस्ताको तस्तै माथिल्लो निकायमा जानकारी गराउनुपर्ने बताउदै सडकको स्तोरन्नती गर्नुपर्नेमा
जोड दिए ।

रेडक्रसका सभापति तथा नागरिक समाजका अध्यक्ष बाबुलाल
तामाङले नागरिकहरू घर बनाउन सरकारको भर परिरहेकाले आवास निर्माणका लागि सरकारले दिने रकममा अन्यौलता
रहेको बताए ।

यस्तैगरि जिल्ला विकास समितिका स्थानीय विकास
अधिकारी बिष्णुप्रसाद कोईरालाले सडक स्तरोन्नती गर्न ३ तरिकाबाट अघि बढ्नुपर्ने बताउदै साधुरो सडक
तत्काल सडकको स्तरोन्नती गर्नुपर्नेमा जोड् दिए । बोलपत्र आहन सम्बन्धि सूचना परम्परागत तथा लामो भएको
बताउदै छोट्टाउनुपर्ने बताए ।

यस्तै सडक बिभाग काठमाण्डौका
मध्यमाञ्चल क्षेत्रीय निर्देशक किशोरनाथ गोङगलले दीर्घकालिनका कालिकास्थान धुन्चे स्याफ्रुको बाटो
उपयुक्त नभएको हुदाँ साधुरो सडकममा तत्कालको लागि १ सय ५० मिटरमा पार्किङ स्थल बनाउने निर्णय भएको बताए

कार्यक्रममा व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र
अधिकारीले यहाँको समस्याहरूको प्रतिबेदन तयार पारी सरकारलाई बुझाउने र सार्वजनिक गर्ने बताउनुभएको छ

उनले रसुवागढी नाकालाई पहिलो प्राथमिकतामा राखेको हुँदा
सरकारले भुकम्पबाट पीडितलाई आवास निर्माणका लागि २ लाख दिने निर्णय भैसकेको र चाडै नै लागू हुने समेत
बताए । कार्यक्रममा सहभागिहरूले सडकको स्तोरन्नती गर्न माग गर्दै कार्ययोजना बनाउन माग गरेका छन । टोली
केरुङसम्म पुग्ने र सडकलगायतका विषयमा अध्ययन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई