२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

केरुङ नाका स्तरोन्नती गर्न व्यवस्थापिका संसद विकास समितिलाई ज्ञापन पत्र

९ मंसिर २०७२, बुधबार ०६:३५

मंसिर ९, रसुवा / रसुवागढी
केरुङ नाकाको स्तररोन्नतीका लागि व्यवस्थापिका संसद विकास समितिको टोलीलाई जिल्लावासीका तर्फबाट सडक
बिस्तार तथा स्तरोन्नती गर्न माग गरेका छन् ।

व्यवस्थापिका संसद
विकास समितिका सभापति रविन्द्र अधिकारीको संयोजकत्वमा ७ सदस्यीय टोलीलाई सदरमुकाम धुन्चेमा जिल्लाका
सरोकारवाला निकायसँग छलफल पछि रसुवा जिल्लाको सडक बिस्तार तथा स्तरोन्नतीका लागि रसुवा उद्योग बाणिज्य
संघ ले जिल्लाको तर्फबाट व्यवस्थापिका संसद विकास समितिका सभापतिलाई २ बुदे ज्ञापन पत्र पेश गरेका हुन्

छलफलमा एनेकपा माओबादीका माधब लामिछानेले अहिलेको संरचनामा
अगाडि बढ्न नसक्ने हुँदा दीर्घकालिन व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । सरकारी निकायबाटै कालोबजारी
भईरहेको बताउदै उहाले रसुवागढी नाकाबाट चीन प्रबेश गर्न एकदिने पास मात्र दिईएकोमा आक्रोश व्यक्त गरे

यस्तै नेपाली काग्रेसका लामाकार्पु तामाङले पनि यहाँको
समस्यालाई जस्ताको तस्तै माथिल्लो निकायमा जानकारी गराउनुपर्ने बताउदै सडकको स्तोरन्नती गर्नुपर्नेमा
जोड दिए ।

रेडक्रसका सभापति तथा नागरिक समाजका अध्यक्ष बाबुलाल
तामाङले नागरिकहरू घर बनाउन सरकारको भर परिरहेकाले आवास निर्माणका लागि सरकारले दिने रकममा अन्यौलता
रहेको बताए ।

यस्तैगरि जिल्ला विकास समितिका स्थानीय विकास
अधिकारी बिष्णुप्रसाद कोईरालाले सडक स्तरोन्नती गर्न ३ तरिकाबाट अघि बढ्नुपर्ने बताउदै साधुरो सडक
तत्काल सडकको स्तरोन्नती गर्नुपर्नेमा जोड् दिए । बोलपत्र आहन सम्बन्धि सूचना परम्परागत तथा लामो भएको
बताउदै छोट्टाउनुपर्ने बताए ।

यस्तै सडक बिभाग काठमाण्डौका
मध्यमाञ्चल क्षेत्रीय निर्देशक किशोरनाथ गोङगलले दीर्घकालिनका कालिकास्थान धुन्चे स्याफ्रुको बाटो
उपयुक्त नभएको हुदाँ साधुरो सडकममा तत्कालको लागि १ सय ५० मिटरमा पार्किङ स्थल बनाउने निर्णय भएको बताए

कार्यक्रममा व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र
अधिकारीले यहाँको समस्याहरूको प्रतिबेदन तयार पारी सरकारलाई बुझाउने र सार्वजनिक गर्ने बताउनुभएको छ

उनले रसुवागढी नाकालाई पहिलो प्राथमिकतामा राखेको हुँदा
सरकारले भुकम्पबाट पीडितलाई आवास निर्माणका लागि २ लाख दिने निर्णय भैसकेको र चाडै नै लागू हुने समेत
बताए । कार्यक्रममा सहभागिहरूले सडकको स्तोरन्नती गर्न माग गर्दै कार्ययोजना बनाउन माग गरेका छन । टोली
केरुङसम्म पुग्ने र सडकलगायतका विषयमा अध्ययन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ