भदौ १४, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी देवन्टार गाविसका वडा नं ८ र ६ को बीचमा रहेको पातलेपोखरी संरक्षणको पर्खाइमा रहेको छ । 

घना जङ्गलबीचमा रहेको अनेकौँ इतिहास र किवदन्ती बोकेको ऐतिहासिक पोखरी मानव अतिक्रमणसँगै ओझेलमा पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी देवन्टार गाविसका वडा नं ८ र ६ को बीचमा रहेको पातलेपोखरी संरक्षणको पर्खाइमा रहेको छ । 

घना जङ्गलबीचमा रहेको अनेकौँ इतिहास र किवदन्ती बोकेको ऐतिहासिक पोखरी मानव अतिक्रमणसँगै ओझेलमा पर्"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरकोे पातलेपोखरी संरक्षणको पर्खाइमा

१४ भाद्र २०७३, मंगलवार ०६:३४

भदौ १४, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरको दक्षिणी देवन्टार गाविसका वडा नं ८ र ६ को बीचमा रहेको पातलेपोखरी संरक्षणको पर्खाइमा रहेको छ । 

घना जङ्गलबीचमा रहेको अनेकौँ इतिहास र किवदन्ती बोकेको ऐतिहासिक पोखरी मानव अतिक्रमणसँगै ओझेलमा पर्न थालेको छ । यो पोखरीबाट नदी बन्दैगर्दा कलियुग सुरु भएको त्यहाँका स्थानीय बूढापाकाको भनाइ छ । 

पोखरी वरिपरि खोल्सा देख्न सकिन्छ । यो ठाउँ बाह्रै महिना अँध्यारो देखिन्छ । किंवदन्तीअनुसार कहिलेकाहीँ पोखरीमा तामाको गाग्री तैरिने गरेको तर नजिकै डिलमा पुग्दा हराउने गरेको स्थानीय राजकुमार खत्रीको भनाइ छ, तर पोखरीमा नजिकै जाँदा भास्सिएर जानै नसकिने उहाँले बताउनुभयो । 

अझैसम्म पनि यात्रा सफलताको कामनाको लागि पोखरीको पानी चढाउने तथा फूलपाती चढाउने गरेको पाइन्छ जतिबेला घना जङ्गलको बाटो खोटाङ तथा सोलुखुम्बु जिल्लासम्मका यात्रुका लागि तथा तराईसँग जोड्ने सिम्ले, बराहक्षेत्र, चतरा, धरान जाने बाटोको रूपमा पनि लिने गरिएको थियो । 

पोखरी बचाइराख्न सम्बन्धित निकाय, स्थानीय, समाजसेवी, वुद्धिजीवी सङ्घसंस्थासँग पहल गर्नुपर्ने स्थानीयको भनाइ छ । पोखरीको संरक्षण हुनसकेमा पर्यटनको विकास भई गाउँघरमै आर्थिकरुपमा स्थानीयको जीवनस्तर उकास्न सकिने आँकलन छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने