2026-09-12 04:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कार्यान्वयन नहुँदै प्रहरी ऐन संशोधन गरिने

 चैत्र २२, पोखरा | गण्डकी प्रदेशसभाबाट २०७७ असोजमा प्रदेश प्रहरी ऐन पास भयो । संघले प्रदेशलाई प्रहरी परिचालनको अधिकार नदिँदा अहिलेसम्म उक्त ऐन कार्यान्वयनमा गएको छैन । त्यसो त संघबाट हुनुपर्ने प्रहरी समायोजन अहिलेसम्म भएको छैन । 

गृहमन्त्री बालकृष्ण खाँणले केही समयअघि छिटै प्रहरी समायोजन हुने बताएका थिए । प्रहरी समायोजन नभएकै कारण प्रदेशको एउटा मन्त्रालय कामविहीन छ । असोज अन्तिम साता नियुक्त भएका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले प्राकृतिक प्रकोप र सामान्य कामहरू मात्रै हेर्छन् ।

बनेको डेढवर्षसम्म कार्यान्वयनमा नगएको उक्त ऐन संशोधनको तयारी थालिएको छ । ऐन संशोधन र नियमावली तर्जुमाका लागि मुख्य न्यायधिवक्ताको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो । सदस्यहरूमा मुख्यमन्त्री कार्यालयका सचिव, आन्तरिक मामिला मन्त्रालय, कानुन मन्त्रालयका सचिव र गण्डकीका प्रहरी नायव महानिरीक्षक छन् । केन्द्रमा संशोधन भएकोले सोही अनुसार प्रदेशमा संशोधन गर्न लागिएको प्रवक्ता कुमार खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशले प्रहरी नायव महानिरीक्षक (डिआइजी) को नेतृत्वमा प्रदेश प्रहरी गठन गर्ने गरी ऐन बनाएको हो । ऐन अनुसार प्रदेशमा डिआइजी र जिल्लामा प्रदेश मातहतका एसपी र डीएसपीले नेतृत्व गर्ने छन् । 

ऐनमा महानगरीय प्रहरी, ग्रामीण प्रहरी, छिमेकी प्रहरी, स्वयंसेवी प्रहरी र पर्यटन प्रहरीको परिकल्पना गरिएको छ । छिमेकी प्रहरीलाई कुनै ठाउँमा सेवाका लागि खटाए उनको श्रीमान् वा श्रीमती समेतले आधा तलब पाउने व्यवस्था गरिएको छ । भूतपूर्व सेना वा प्रहरी वा अन्य देशको सुरक्षामा खटिएर सेवा निवृत्त भएका व्यक्तिलाई स्वयंसेवी प्रहरीको रूपमा खटाइने छ ।

संघ सरकारले पहिलो चरणमा गण्डकी प्रदेशका लागि करिब ७ हजार प्रहरी पठाउने तयारी गरेको बताइएको छ । तर त्यसको टुंगो अझै लागेको छैन । यसबाहेक पनि थप २ हजार प्रहरी भर्ना गर्नुपर्ने अवस्था रहेको सरकारको आकलन छ । प्रदेशले प्रहरी भर्ना गर्दा कार्यालय सहयोगी र जवान सत प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्ने व्यवस्था गरेको छ । हवल्दार, प्रहरी नायव निरीक्षक र प्रहरी निरीक्षकभन्दा माथिका सबै तह सत प्रतिशत बढुवा प्रक्रियाबाट पदपूर्ति हुनेछ भने प्रहरी निरीक्षकमा ५० प्रतिशत खुला र ५० प्रतिशत बढुवा प्रक्रियाबाट पूर्ति हुनेछ ।

सहायक निरीक्षकमा ४० प्रतिशत खुला र ६० प्रतिशत बढुवा प्रणालीबाट पदपूर्ति गरिनेछ । प्रहरीलाई समावेशी बनाउन खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति हुने पदमा ४५ प्रतिशत समावेशी हुने छ भने ५५ प्रतिशत खुला हुने छ । समानुपातिक अन्तर्गत महिला २० प्रतिशत, आदिवासी जनजाति ४५ प्रतिशत, मधेसी ५ प्रतिशत, दलित २० प्रतिशत र पिछडिएको क्षेत्रका १० प्रतिशत प्रहरीमा भर्ना गरिने छ ।

प्रहरी कर्मचारीको बढुवा गर्दा कार्य सम्पादन मूल्याङ्कन बापत ४०, ज्येष्ठता बापत २५, शैक्षिक योग्यता १०, तालिम ८, भौगोलिक क्षेत्र ७, जोखिमपूर्ण वा चुनौतीपूर्ण काम गरेमा ५ प्रतिशत तथा बढुवा समितिले ५ प्रतिशत दिने छ । सबै प्रहरीको तलब तथा सुविधा संघ सरकारले तोकेभन्दा कम नहुने गरी प्रदेश सरकारले निर्धारण गर्ने ऐनमा उल्लेख छ । 

प्रहरीले कुनै पनि दान वा उपहार लिन नपाउने व्यवस्था गरिएको छ भने सेवारत कर्मचारीले सरकारको पूर्व स्वीकृति विना कम्पनी स्थापना र व्यापार व्यवसाय गर्न पाउँदैनन् । उनीहरूले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिन वा अनुमतिका लागि आवेदन दिन पनि नपाउने व्यवस्था गरिएको छ । यदि आवेदन दिएमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त हुने व्यवस्था छ । हतारमा ऐन बनाउँदा कार्यान्वयनमा चुनौती देखिएको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह