भदौ १४, नवलपरासी । नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको  पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य भएका छन् । 

विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४, नवलपरासी । नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको  पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य भएका छन् । 

विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा उर्दु र अरबीमा उच्च शिक्षाको पहुँच नहुँदा भारत जान बाध्य

१४ भाद्र २०७३, मंगलवार ०७:२५

भदौ १४, नवलपरासी । नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको  पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य भएका छन् । 

विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो समुदायका बालबालिका अध्ययनका लागि भारतको गोरखपुर, महाराजगन्ज लगायत स्थानमा जाने गरेका छन् । 

जिल्लामा प्राथमिक तहसम्मको उर्दू शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाका लागि केही विद्यार्थी भारततिर लागे पनि अधिकांश विद्यार्थी उर्दू उच्च शिक्षाबाट वञ्जित हँुदै आएको मुसलमान अगुवा हैदर अलि मोनीनले बताउनुभयो । 

जिल्लाका विभिन्न धार्मिक विद्यालयमा माध्यमिक तहदेखि उच्च शिक्षासम्मको उचित व्यवस्था भए पनि भने उर्दू शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको मुस्लिम सङ्घ नवलपरासीका जिल्ला अध्यक्ष कासिद अलीले बताउनुभयो । 

आर्थिक रुपमा सम्पन्नशाली विद्यार्थीले भारत गई कठिनाइका साथ शिक्षा हासिल गर्ने र तर अधिकांश गरिब विद्यार्थी शिक्षाबाट वञ्चित हुन बाध्य भएको मुसलमान अगुवा इसाहाक मियाँले बताउनुभयो । 

नवलपरासीमा हाल करिब दुई दर्जनभन्दा बढी मदरसा छन् । नेपाल सरकारसँग नवलपरासीमै उच्च शिक्षा व्यवस्था मिलाउन अगुवा बुद्धन अलिले माग गर्नुभयो । राज्यले आफ्नो समुदायलाई उपेक्षित गरेको जनाउँदै नवलपरासीको मुसलमान समुदायले अब आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । जिल्लामै उर्दू र अरबी उच्च शिक्षाको व्यवस्थापन हुनुपर्ने सो समुदायको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य