2026-10-17 10:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

कुशल चालक : जसले बचाए ४० जनाको ज्यान

चैत्र २५, अर्घाखाँची | शुक्रबार बिहान करिब ११ बजेको थियो । पोखराबाट भ्रमणका लागि निस्किएको ग१ख ६८० नम्बरको बस २७ जना यात्रु बोकेर सन्धिखर्क नगरपालिका-२ भलायडाँडाको ओरालो झर्दै थियो ।  

२३ गते पोखराबाट प्रस्थान गरेका यात्रुहरू बोकेर हिजोप्युठानमा रहेको ऐतिहासिक स्वर्गद्वारी मन्दिर दर्शन गरी आज सुपा देउराली मन्दिरमा पुग्ने अनि आजकाे रात यतै बिताएर भाेलि पाेखरा फर्कने याेजनासहित सुरेश सुनारले बस हाँकिरहेका थिए । बसमा सवार थिए पाेखरा साना किसान कृषि सहकारी संस्था बेगनासका सेयर सदस्यहरू ।

सन्धिखर्क पुग्न ५०० मिटर मात्रै बाँकी थियाे । एक्कासि बसले नियन्त्रण गुमायाे । ओरालाेमा कुदिरहेकाे बसमा ब्रेकले काम नगरेपछि पाेखरा-२७ निवासी चालक सुनारले अगाडि तेर्साेबाटाे आउने विश्वासमा बसलाई नियन्त्रण बाहिर जान दिएनन् । दुईवटा माेड कटाएका सुनारले अगाडि ठाडाे ओराले देखेपछि बसलाई भित्तामा ठाेक्याए जसबाट ठूलाे जनधनकाे क्षति हुनबाट बच्याे ।

 “अब ब्रेकले काम गर्दैन भन्ने पुष्टि भएपछि ओरालाे बाटाेमा मसँग धेरै विकल्प थिएन । अगाडि सजिलाे बाटाे आउने आसमा दुईवटा माेड त कटाएकाे थिएँ,” सुनारले भने, “तर तेस्राे माेडपछि अगाडि झन् ठाडाे ओरालाे देखेपछि यात्रुहरूलाई बचाउन भित्तामा ठाेक्याउनुकाे विकल्प देखिनँ ।’ 

चालककाे कुशलताका कारण ठूलाे क्षति हुनबाट बचेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार महेन्द्र भुसालले बताए । ‘ओराेलाेमा ब्रेक फेल हुँदा निकै जनधनकाे क्षति हुनसक्थ्याे,’ भुसालले भने, ‘निकै कुशलताका साथ चालकले सुरक्षित अवतरण गर्नुभएछ ।’ 

चालकले बडाे कुशलताका साथ आफूहरूलाई बचाएकाे सहकारीका सेयर सदस्य रुद्रनाथ तिवारीले बताए । ‘यदि चालकले आफूलाई नियन्त्रण नगरेकाे भए आज ठूलाे क्षति हुने थियाे,’ तिवारीले भने, ‘ठूलाे खतराबाट बच्न सफल भइयाे।’ 

गाडीमा सवार अधिकांश सामान्य घाइते भएका छन् । गम्भीर घाइते भएका दुईजनाकाे बुटवल रिफर गरिएकाे अर्घाखाँची अस्पतालले जानकारी दिएकाे छ । यद्यपि घाइतेहरूकाे अवस्था खतरामुक्त रहेकाे अस्पतालका सूचना अधिकारी निम रानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु