२०८२, २६ माघ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

पाँचखपनका मेयरले गाडी फिर्ता गरे

२०७८, २६ चैत्र शनिबार ०७:४८

चैत २६, संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका मेयरले प्रयोग गर्दे आएको गाडी नगरपालिकालाई फिर्ता गरेका छन् । मेयर विपिन राईले प्रयोग गर्दै आएको को १ झ ५४० नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन् । शुक्रबार गाडी र मोटरसाइकलको चावी प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडालाई हस्तान्तरण गरेका हुन् ।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा बहालवाला जनप्रतिनिधिले लोकप्रियता देखाउन आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गर्न थालेका छन् । निर्वाचन आचारसंहीतालाई ध्यानमा राखी आफुले प्रयोग गर्दै आएको सवारिसाधन फिर्ता गरेको राईले बताए ।

आफूले प्रयोग गर्दे आएको गाडी र मोटरसाइकल फिर्ता गरेको मेयर राईले बताए । स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन् । निर्वाचन प्रचार प्रसारका साथै पार्टीको काममा सरकारी गाडीको दुरुपयोग भएको सामाजिक सञ्जालमा चर्चा चल्न थालेपछि केहि जनप्रतिनिधिले गाडी फिर्ता गरेर लोकप्रियता देखाउन थालेका छन् । मेयर राई गाडी फिर्ता गर्ने जिल्लाकै पहिलो जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रपाको माग निर्वाचनका लागि सुरक्षा सुदृढ बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री अर्याल चुनाव पछाडि फेरि कहीँ कतै आगो लाग्नु हुँदैन: गगन थापा यसपटक चितवन मात्र जितेर हुँदैन, देशैभरि जित्नुपर्ने अवस्था छ: रवि लामिछाने प्रधानमन्त्री कार्कीबाट अभिनेता सुनिल थापाको निधनप्रति दुख व्यक्त एघार हतियार बुझाइयो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु वरिष्ठ कलाकार सुनिल थापाको निधन काठमाडौँमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कडा निगरानी मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो