२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सूर्योदयमा पहिलो “माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज” हुँदै

२०७८, २७ चैत्र आईतवार ११:०८

चैत्र २७, इलाम | इलामको सूर्योदय नगरपालिकामा आगामी बैशाखमा पहिलो माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज हुने भएको छ । ११ किलाेमिटर दुरीमा हुने प्रतियाेिगता ३० बैशाखमा हुने आयाेजकले जनाएकाे छ । प्रतिस्पर्धाका विजेताले २० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।

दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछन् । प्रतिस्पर्धामा ३० वर्ष वा सोभन्दा बढी उमेर समूहकाले सहभागीता जनाउन सक्नेछन् । हालसम्म इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका ५० जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको आयोजकका अध्यक्ष शरण फागोले जानकारी दिए ।

फिक्कल चोक बजारबाट सुरु हुने प्रतिस्पर्धा नयाँ चोक–केराबारी–आले– सहिद चोक– १० नम्बर वडा कार्यालय–फिक्कल रिङ रोड हुँदै चोक बजारमा पुगेर सकिनेछ । प्रतियोगीतामा सहभागी हुने ज्येष्ठ सदस्यलाई समेत सम्मान गर्ने कार्यक्रम छ ।

स्वास्थ्यको लागि साइक्लिङमा आकर्षित गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माउन्टेन बाइक एडभेञ्चर च्यालेञ्ज कार्यक्रमको आयोजना गरिएको आयोजकका सल्लाहकार युवराज बस्नेत बताउँछन् । बस्नेत सूर्योदय क्षेत्रमा साइक्लिङ गर्ने पुराना मध्येका एक हुन् । उनले यस क्षेत्रमा साइक्लिङको आकर्षण बढ्दै गएको बताए । "पहिले म एक्लै थिए, अहिले १०-१२ जना भएका छौँ," बस्नेतले भने, "यो कार्यक्रमपछि बढ्दै जान्छ भन्न आशा छ, अब कम्तीमा २० जना जति हुनुपर्याे ।"

पर्यटकीय नगरीको रुपमा परिचित सूर्योदयमा कोरोना माहामारीपछि खासै पर्यटकीय गतिविधि हुन सकेको छैन । प्रतियोगीताले खस्केको पर्यटनलाई उकास्न योगदान गर्ने आयोजकको अपेक्षा छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस