२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्थानीत तह निर्वाचन : जसले दुई हजार रुपैयाँ दिन्छ, उसैलाई भोट

२७ चैत्र २०७८, आईतवार ११:१७

चैत्र २७, सप्तरी | आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन् । ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ । 

आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ । जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन् । 

राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी माहोलले तताउँदै छ । कसलाई मत दिने र नदिने विचार बनाउँदै छन्, आममानिस पनि । आफ्नो पालिकाको विकास र समृद्धिमा योगदान दिन सक्ने योग्य व्यक्तिलाई मत दिनु नागरिकको कर्तव्य हो । तर, सप्तरीको राजविराज नगरपालिकाका स्थानीय भने जसले पैसा दिन्छ, उसैलाई भोट दिने बताउँछन् । 

प्रतिमत दुई हजार रुपैयाँ दिनेलाई मत दिने राजविराज नगरपालिका– १ कि ५५ वर्षिया राधा देवी रामले बताइन् । उनले दुई हजारका दरले पैसा दिनेलाई यसपालिको चुनावमा आफ्नो बस्तीका मतदाताले भोट दिने बताइन् । 

"गत निर्वाचनमा पनि पैसा लिएर भोट दिएको हो । यस वर्ष पनि जसले दुई हजारका दरले पैसा दिन्छ, उसैलाई भोट दिने हो,"उनले भनिन् । 

भोट दिएबापत प्राप्त पैसा महिलाको हातमा पर्दैन । पैसा लिने विषयमा पुरुषले डिल गर्छन् । पुरुषकै निर्देशनअनुसार महिलालाई भोट दिन्छन् । मत दिन लिएको पैसा पुरुषले मादक पदार्थ खाएर सक्ने राधा बताउँछिन् । 

२५ वर्ष अगाडि भएको निर्वाचनमा उम्मेदवार हेरेर भोट दिएको भए पनि अहिले पैसा दिनेलाई दिन थालिएको उनको भनाइ छ । 

"२५ वर्ष अगाडिको चुनावमा पनि मैले मत खसालेको थिएँ । त्यतिबेला यस्तो माहोल थिएन । पहिले जनताले मान्छेलाई चिन्थे । अहिले सबैले पैसालाई चिन्न थालेका छन्," उनले भनिन् । 

बाँँच्नका लागि पैसा आवश्यक रहेकाले पैसा दिनेलाई भोट दिनुपरेको स्थानीय ४० वर्षीया सोमनी मरिकले बताइन् । भोक टारेर बाँँच्न सकेमा पछि विकास हेर्न सकिने उनले बताइन् । 

‘हामीहरू बाँच्यौ भने न विकास हेर्ने हो । सधैँ आर्थिक संकट झेल्दै आउनु परेको हाम्रो समुदायको पहिलो प्राथमिकता नै पैसा हो । जसले पैसा दिन्छ, उतै हाम्रो समुदायले भोट दिन्छ,’ मरिकले बताइन् । 

चुनाव पैसामुखी भएको ७५ वर्षिया जितनी रामले बताइन् । ‘इमान्दारिता र काम गर्ने व्यक्तिलाई भन्दा पैसा दिनेलाई भोट दिने र नेताले पनि काम गरेरभन्दा पैसा बाँड्ने गरेकाले अहिलेका चुनावहरू पैसामुखी बनेको छ,’ उनले भनिन् । 

चुनाव जितेर काम नगर्ने नेतालाई भोट दिन नहुने स्थानीय ७० वर्षीया शिवनारायण रजक सुझाव दिन्छन् । 

‘चुनावको बेला एक दुई हजारमा बिकेर फेरि काम नगर्ने नेतालाई जिताउने प्रवृत्ति स्थानीय स्तरमा बढेको छ,’ उनी भन्छन्, ‘यस्तालाई भन्दा काम गर्ने नेतालाई भोट दिनुपर्छ ।’ 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान