2026-09-08 05:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सरकारी गाडी बेवारिसे, भाडाको गाडीमा हुइँकिन्छन् सोरुका अध्यक्ष

चैत्र २७, मुगु | जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सवार गर्ने सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो । 

गाउँपालिकाले ३७ लाख रकममा खरिद गरेको भे१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बीच रोडमै थन्किएको छ । तीन वर्षअघि गाउँपालिका अध्यक्ष शाहीलाई सवार गर्न खरिद गरेको गाडी बिग्रिएपछि मर्मतको लागि ल्याइएको थियो । मर्मत कार्य अगाडी नबढ्दा अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी थन्किएको बताइएको छ । 

लाखौं मूल्य हालेर खरिद गरेको गाउँपालिकाको गाडी थन्काएर अध्यक्ष लगायत गाउँपालिका कर्मचारी निजी जिप भाडामा लिएर गाउँपालिका केन्द्र पुग्ने गरेका छन् । उक्त गाडी मर्मत गर्न करिब २ लाख रुपैयाँ लाग्ने गाउँपालिकाले जनाएको छ । 

बजेट अभावमा गाडी बेवारिस बनेको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले शाहीले जानकारी दिए । अन्य विषयमा लाखौं रकम खर्चिने तर गाडी मर्मत दुई लाख पनि नछुट्याउनु गाउँपालिकाको लापरबाही भएको स्थानीयले बताएका छन् ।

आफ्नो गाडी कवाडी बनाएर जनप्रतिनिधि र कर्मचारी भने वर्षमा १०/१२ लाख रुपैयाँ खर्च गरी भाडाका गाडी चढ्ने गरेका छन् । यसरी जनप्रतिनिधिले सरकारी बजेटको चरम दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

पालिकाको केन्द्र सोरुकोटसम्म सडक पुगेपछि जनप्रतिनिधि र कर्मचारीको सुविधाका लागि गाडी खरिद गरेको  गाउँपालिका अध्यक्ष शाहीले बताए । ‘गाडी मर्मतका लागि बजेट व्यवस्थापन गर्ने कार्य अगाडी बढेको छ,’ अध्यक्ष शाहीले भने, ‘अब छिट्टै मर्मत गरी हाम्रो कार्यकाल सकिनुअघि नै गाडी गाउँपालिकामा बुझाउने छौं ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित