ललित बोहरा, भदौ १४, डडेल्धुरा । देशभरका गाबिस सचिबलाई नेपाल सरकारले मोटरसाईकल दिएपनी डडेल्धुराका गाबिस सचिबहरु गाबिस कार्यालयमा नियमीत जाने गरेका छैनन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाबिस सचिबहरुलाई २ लाख ५० हजार बजेट बराबरको मोटरसाईकल गत आर्थीक बर्षको अन्तमा दिएको थियो ।
गाबिस कार्यालयमा आवत–जावत गर्न छिटो छरीतो र सहज होस भनेर मोटरसाईकल प्रदान गरिए पनी सचिबहरुले आफुहरुलाई सेवा सुबिधा समयमा दिन नसकेको स्थानीयहरुको गुनासो छ । गाबिसमा उपस्थित नहुँदा डडेल्धुरा सदरमुकाममा बस्ने गाबिस सचिबहरु लाई भेट्न सेवाग्राही सचिव बस्ने घर तथा कोठा चहार्दै दिनभर बिताउने गरेका छन् ।
सरकारले मुलुकभरका करिब ३ हजार गाउँ विकास समितिका सचिवलाई मोटरसाइकल दिएको थियो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मोटरबाटो पुगेका देशभरका दुई हजार सात सय ६६ गाउँ विकास समितिका सचिवलाई बढीमा दुई लाख ५० हजार रुपैयाँ खर्च गर्न मिल्ने गरी उनीहरुलाई खरिद गर्न अनुमति दिएको थियो ।