२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

ग्याष्ट्रिक, बाथदेखि पेटसम्बन्धी समस्या निको पार्न पुग्छन् भोताङको अमिलोपानी

२८ चैत्र २०७८, सोमबार ०७:१५

चैत्र २८, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका देशकै मुख्य पर्यटकीय गन्तव्य हो । पाँचपोखरी भन्नेवित्तिकै यहाँको धार्मिक आस्था महत्वप्रति सबैको विश्वास छ । जसमध्ये यही ठाउँमा पर्छ भोताङ । भोताङकै आँगनमा पर्दछ अमिलोपानी । 

पाँचपोखरी थाङपाल गाउँपालिका-३ भोताङमा रहेको अमिलोपानीको ऐतिहासिक महत्व छ । यहाँको पानी पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने र विभिन्न रोगहरू न्युनीकरण हुने जनविश्वास छ । भोथाङका वडाध्यक्ष निमा छिरिङ लामा भन्छन्, ‘यहाँको पानी पिउँदा ग्यास्ट्रिक निको हुन्छ । यसकारण यस क्षेत्रको स्थानीयले मात्रै नभएर विभिन्न क्षेत्रका सर्वसाधारणले यहाँको पानी पिउन आउने गरेका छन् ।’
प्राचीनकालदेखि नै ‘अमिलोपानी’ रहिआएको र यो पानी पिउँदा विशेषगरी ग्यास्ट्रीक, जिउ दुख्ने जस्ता रोग निको हुने जनविश्वास छ ।
अमिलोपानीको तीनपटक ल्याब टेष्ट भइसकेको छ । एन्फोमा ल्याब टेष्टको रिपोर्टले अमिलो पानी मानव शरीरलाई अति आवश्यक भएको पृष्टि गरिसकेको स्थानीय रत्नप्रसाद श्रेष्ठले बताए । 
हरेक वर्ष चैते दशैकाे तीन दिन यहाँ भव्य मेला लाग्छ । मेलामा टाढादेखिका स्थानीय बाथ, ग्याष्ट्रिकदेखि पेटसम्बन्धी समस्या निको हुने भन्दै मेला भर्न आउने गरेका छन् । मेला भर्न आउनेले साथमा सक्खर, मिश्री साथमा दुई पाथीसम्म पानी पिउने गर्छन् । यो वर्ष एक हजारभन्दा बढी मेलामा पुगेका थिए ।
मेलम्ची, चौतारादेखि काभ्रेसम्मका स्थानीय मेला भर्न पुग्ने गरेका छन् । अहिले सडक मार्गबाट आधा घन्टा ओरालो हिँडेपछि अमिलोपानी स्थल पुग्न सकिन्छ । जात्रालाई पछिल्लो समय स्थानीय सरकारले मौलिक कला संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ डम्फू सेलो सांस्कृतिक कार्यक्रमसमेत हुने गरेको छ । यसका लागि स्थानीय कलाकार, ताम्बाहरूले स्थानीय भाषामा डम्फू सेलोहरूसमेत प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ