2026-09-12 04:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

मियाँ गाउँको कथा : धरापमा छन् ओत लाग्ने घरहरू

चैत्र २९, तनहुँ | भिमाद नगरपालिका–१ हुक्कास्थित मियाँ गाउँका मोहमद अलीको घर २०७२ सालमा आएको शक्तिशाली भूकम्पले चर्कायो । भूकम्पले चर्काएको घर निजी आवास पुनर्निर्माणका लागि सरकारले अनुदान दिने लाभग्राहीको सुचीमा परेन । भूकम्पले चर्काएको घर अहिले पनि धरापमै छ । 

भूकम्प पीडितको लाभग्राही सूचीमा पर्नलाई मोहमदले पुनरावेदनका लागि आठ हजार रुपैयाँ खर्चिए पनि उनी लाभग्राहीको सूचीमै परेनन् । बर्खामा आकाश गर्जिन थालेपछि त्रासैत्रासमा बित्यो अली परिवारको ६ वर्ष । हावाहुरी र पानी पर्दा चर्किएको घरमा बस्नलाई जोखिम भएपछि उनले नयाँ एक कोठे घर बनाउँदैछन् । ‘दिन राम्रै हुँदा त यहीँ घरमा बस्छौँ । हावाहुरी र पानी पर्न थालेपछि बन्दै गरेको घरमा जान्छौँ‘, उनले सुनाए । अझै पनि सरकारले घर बनाउनलाई सहयोग गर्छ कि भन्ने झिनो आश रहेको उनी बताउँछन् ।

मोहमदको घरसँगै जोडिएको छ महम्बद हक्की बुल्लाको घर । ११ जना बस्ने एक कोठे घर पनि धराप देखिन्छ । ठाउँ ठाउँमा चर्किएको छ । गत १५ माघमा खरले छाएको छानो खसेर बुल्लाकी श्रीमती नाजिया निशा घाइते भइन् । निशाको गाउँलेले चन्दा संकलन गरेर उपचार गरियो ।  त्यसपछि ऋण खोजेर छानोमा जस्ता हालेको उनले बताए । जस्ताले छाए पनि बर्खा लाग्न थालेपछि घरको भर लागेको छैन् उनलाई । ‘बर्खा लागेपछि त्रासैत्रास हुन्छ । अन्त जानलाई पनि ठाउँ छैन । नयाँ घर बनाउनलाई उपाय छैन्’, उनले भने । ठूलो पानी पर्दा त घरै भत्कने डरले सताउने गरेको उनी बताउँछन् ।  ‘सानसाना बालबच्चा छन् । अचानक भत्कियो भने त समस्या हुन्छ । रातमा केही घटना घटेर आपत पर्ने हो कि’, उनको चिन्ता छ । 

नयाँ घर बनाउनलाई सरकारसँग हारगुहार माग्न सकेका छैनन् । सरकारको पनि भर नलाग्ने उनले बताए । सरकारले दिने अनुदान लिनलाई पहुँचवाला नै हुनुपर्ने ठम्याइ छ उनको । गाउँमा भूकम्पले भत्किएका घर, जनता आवासमा परेका घरले अनुदानको रकम नपाएकाले सरकारसँग आशा नभएको बताए । ‘सरकारले घर बनाउन अनुदान दिन्छ जस्तो लाग्दैन । त्यसैले मागेको पनि छैन’, बुल्लाले भने ।

अनुदानको आश्वासन पाएर घर बनाएका महिदिन मियाँ पनि ऋणमा डुबेका छन् । ओत लाग्ने घर त बनेको छ । तर, ऋण कसरी तिर्ने उनलाई चिन्ता थपिएको छ ।  जनता आवास कार्यक्रममार्फत नयाँ घर बनाउन अनुदान पाउने सूचीमा नाम परेको जनप्रतिनिधीले सुनाएका थिए । अनुदान कुर्दाकुर्दै आएन । आश पनि मरेको छैन । खरले छाएको घर जीर्ण भएर बर्खामा गर्ल्यामगुर्लुम ढल्ने धरापको स्थिति भएपछि महिदिनले नयाँ घर बनाएको झन्डै आधा वर्ष बितेको छ । अनुदान कहिले आउँछ उनलाई पत्तो छैन । ‘बस्ने बास भएन भनेर घर बनाइयो । साढे तीन लाख रुपैयाँ दिन्छ भनेका थिए । आउला नि भनेर बनाए । घर बनाएको ऋण तिर्नै बाँकी छ । कामदारलाइ पनि दिन बाँकी छ’, अगाडि थप्दै भन्छन्, ‘वडाध्यक्षसँग कहिले पैसा आउँछ भनेर सोध्छु आउँछ आउँछ भन्छन् क्यारे ।’ 

मियाँ गाउँमा ७३ घर छन् । तीमध्ये दर्जन बढी घर धराप बन्दैछन् । केही चर्किएका छन् केही पुरानो भएर जीर्ण देखिन्छन् । छानोमा जस्ता हाले पनि पक्की घर नभएकाले चैत वैशाखको हावाले उडाइदिने पिरलोमा छन् धेरै जसो । 

भूकम्पको लाभग्राहीको सूचीमा परेकाले पनि अनुदानले मात्र नपुग्ने भएपछि घर बनाउन थालेर बीचमै छाडेका छन् । संघीय सरकारसँग स्थानीय सरकारले सहकार्य गरेर खरको छानामुक्त बनाउने अभियान देशभरै चले पनि मियाँ गाउँको केही घरमा खरकै छानो छ । छानोमा नयाँ जस्ता फेर्ने धोको छ । तर, तीन तहकै सरकारको नजर पुगेको छैन मियाँ गाउँमा ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह