2026-08-23 07:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाइसे चौबिसे कालको पुल अझै पनि प्रयोगमा, मर्मत नहुँदा जोखिममा सर्वसाधारण

वैशाख ३, सुर्खेत | जाजरकोट भेरी नगरपालिका–११ मेटालस्थित भेरी पुलबाट खसेर बिहीबार एक महिला घाइते भइन् । भेरी नगरपालिका–२ रिसाङकी ५२ वर्षीया देवि पुन जीर्ण पुलबाट खसेर गम्भीर घाइते भएकी हुन् । 

चौरजहारीबाट किनमेल गरेर घर फर्कने क्रममा उनी पुलबाट खसेको उनका छोरा प्रेमबहादुर पुनले बताए । उनको करङ र दुवै खुट्टा भाँचिएको छ । घाइते पुनको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । कच्ची पुलमा राखिएको काठका फल्याक झरेपछि पुलबाट खसेर नदि किनारमा खसेकी हुन् । 

पुन मात्रै होइन यो पुलबाट खसेर वर्षेनी दर्जन बढी सर्वसाधारण घाइते हुन्छन् । जुनसुकै बेला पुलबाट खसेर घाइते भइन्छ भन्ने जान्दा जन्दै पनि सर्वसाधारण यही पुल प्रयोग गर्न बाध्य छन् । किनकी उनीहरूको विकल्प छैन । जीर्ण पूर्ण निर्माण गर्न स्थानीय सरकार र अन्य तहका सरकारले पनि चासो दिएका छैनन् ।

 रुकुम पश्चिम र जाजरकोट जोड्ने झोलुङ्गे पुल वर्षौदेखि जीर्ण अवस्थामा छ । बाइसे चौबिसे राज्यकालताका भेरी नदीमाथि बनाएको मटेलाको झोलुङ्गे पुलले अहिले पनि जेनतेन सेवा दिइरहेको छ । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ र जाजरकोटको भेरी नगरपालिका–११ मटेलाबीचको भेरी नदीमा रहेको यस पुलमा यात्रा गर्न जोखिम रहेको स्थानीयको भनाइ छ । 

अहिले झोलुङ्गे पुलको ठाउँ–ठाउँमा प्वाल परेको छ भने तारबारको जालीहरू फुत्किँदै गएको छ । पुलका विभिन्न भागमा रहेका नटबोल्टहरू समेत झरेका छन् । भेरी नगरपालिका–११ कि विष्णु गिरी पढ्न विद्यालय जाने विद्यार्थीहरू समेत डराइ ,डराइ पुल तर्ने गरेको बताउँछिन् । उनले पुलबाट बच्चाबच्ची खस्लान् कि भन्ने पीर लाग्ने गरेको दुखेसो पोखिन ।

कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले वर्षौसम्म मर्मत नभएको र कसैले पनि संरक्षणमा ध्यान नदिएकाले पुल जीर्ण बन्दै गएको बताए । 

उक्त पुल ९० मिटर लामो छ । पुलको छुट्टै इतिहास रहेको भेरी नगरपालिका–४ का राजेन्द्रविक्रम शाहले बताए । राणा प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गरेको यस पुल जाजरकोटी राजाकी छोरी तथा चन्द्रशमशेरकी कान्छी रानी बालकुमारी शाहले आफ्नो माइतीलाई भेरी नदी वारपार गर्ने सुविधाका लागि निर्माण गरिदिन आग्रह गरेपछि यो पुल बनेको बताइन्छ ।

जाजरकोटकी छोरी बालकुमारीले चन्द्रशमशेरसँग बिहे गरेर गएपछि आफ्ना माइती अर्थात् जाजरकोटवासीलाई रुकुमको चौरजहारी तथा नेपालगञ्ज आवागमन गर्न निकै कष्ट भएपछि भेरी नदीमा पुल जरुरी रहेको भनेर राणा दरवारमा आग्रह गरेपछि पुल निर्माण भएको शाहको भनाइ छ  ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो