२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा लोसपा, जसपा र लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

३ बैशाख २०७९, शनिबार ११:५४

 वैशाख ३, धनगढी | केन्द्रमा पाँच दली गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा भने सो गठबन्धन तोड्दै जसपाबाट नै अलग्गिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेत गर्ने सहमति गरेको छ ।

कुनै समय जसपामै रहेका रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सहभागि हुने भएको छ ।

सत्तारुढ गठनब्नधले सुदूरपश्चिम सरकारमा सहभागी नगराएपछि रुष्ट बनेको जसपाले केन्द्रीय गठबन्धनलाई बहिस्कार गरेर अन्य साना दलसँग चुनावी तालमेल गर्नेगरी सहमति भएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य होरिलाल चौधरीले बताए ।

'उम्मेदवार जिताउनका लागि मात्रै गठबन्धन गर्ने तर सत्तामा ठूला दलले रजाई गर्ने कुरा हामीलाई मान्य छैन,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘त्यसैले हामी पाँच दलीय गठबन्धनबाट बाहिरिएका छौं, अब अधिकारका लागि संघर्षरत एजेण्डा मिल्ने दलसँग चुनावी तालमेल हुन्छ ।’ उनका अनुसार कैलालीमा जसपाको नेतृत्वमा चार दलीय गठबन्धन हुनेछ ।

सो गठबन्धनले कैलालीको धनगढी उपमहानगरपालिकाबाहेक १२  स्थानीय तहमा उम्मेदवारी दिनेछ । तर, उपमहानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्ने उनले बताए । उनले कैलालीमा चार दलीय गठबन्धनमा रहेकाबाहेक अन्य ठस्ला दलसँग पनि आवश्यकताअनुसार तालमेल हुन सक्ने उनले बताए । 

चुनावका लागि गरिएको चार दलीय गठबन्धनले ठुला दलसँग पनि जिल्लामा आवश्यकताअनुसार गठबन्धन गर्न सक्ने नेपाल लोकतान्त्रिक पार्टी कैलालीका संयोजक लक्ष्मण चौधरीले बताए । ‘तालमेलका लागि एमालेलगायत ठस्ला दलसँग पनि आवश्यक छलफल भइरहेको छ,’ संयोजक चौधरीले भने, ‘तर कांग्रेस माओवादी र समाजवादी पार्टीसँग भने तालमेल हुने सम्भावना कम छ ।’

विगतमा आफ्ना अधिकारका लागिसँगै लडेका साना पार्टीबीच तालमेल गर्दै ठुला दललाई चुनौति दिइने उनले बताए । तालमेलपछि सबै पालिकामा सहमतिका आधारमा उम्मेदवारी दिइने र जुन पालिकामा जस्ले नेतृत्व पाउँछ उसैको चुनास चिन्ह प्रयोग गरिने चार दलीय गठबन्धनबीच सहमति भएको छ । तर, वडाको हकमा भने जुन पार्टीले वडा अध्यक्ष पाउँछ त्यही पार्टीको चिन्हमा सदस्यले चुनाव लड्नु पर्ने सहमति भएको जसपाका कैलाली अध्यक्ष गयाप्रसाद कुस्मीले बताए । एक साताभित्रै उम्मेदवारी टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य