नरी बडु | भाद्र १५, बैतडी । बैतडीको श्रीकेदार गाविसमा स्थानीय महिलाहरुले तीज विषेस कार्यक्रम संञ्चालन गर्ने भएका छन् ।
स्थानीय कला संस्कृतिको जगेर्ना "/>
स्थानीय कला संस्कृतिको जगेर्ना "/>
नरी बडु | भाद्र १५, बैतडी । बैतडीको श्रीकेदार गाविसमा स्थानीय महिलाहरुले तीज विषेस कार्यक्रम संञ्चालन गर्ने भएका छन् ।
स्थानीय कला संस्कृतिको जगेर्ना गरी महिलाहरुप्रतिको सकारात्मक सोच एवम् सद्भाव फैलाउने उद्देश्यले महिलाहरुले तीज विषेस कार्यक्रम मनाउन लागेका हुन् । “हामी सबैको एउटै सार, अटुट संस्कृती हाम्रो श्रीकेदार” भन्ने मुल नाराका साथ लोकदोहोरी गायक मुकेश भट्ट (वासुदेव) को सहकार्यमा महिलाहरुले कार्यक्रम गर्न लागेका हुन् ।
कार्यक्रममा स्थानीय महिलाहरुले विभिन्न किसमका नृत्य देखाउने कार्यक्र रहेको तीज विषेस कार्यक्रम आयोजक समितीका संयोजक पार्वती विष्टले बताए । कार्यक्रम भाद्र १९ गते हरितालिका तीजको दिन विहान ९ बजेदेखि साँझ ५ बजेसम्म संञ्चालन गरीने छ ।
अयोजक समितीले स्थानीय सबै महिलाहरुलाई कार्यक्रममा आई मनोरंजन गर्नुका साथै सद्भाव फैलाउन भनेको छ ।