पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १५, राजविराज । सप्तरीको त्रिकोल–९ मा मङ्गलबार साँझ सार्वजनिक पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँकी राजकुमार मण्डलकी १३ वर्षीया छोरी सन्तोषी मण्डल रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सन्तोषीले पोखरीमा भैँसीलाई नुहाइदिनका लागि गएका बेला डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शवपरीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस