भदौ १५, पर्बत । रोजगारीका लागि नेपालबाट विदेश खासगरी खाडी मुलुक धाउने युवायुवतीको लर्को लागिरहदा केही व्यक्ति भने लाहुरे हुने हैन भन्छन् । 

लाहुरे हुने हैन भन्ने व्यक्ति अरु कोही नभई एकपटक विदेश पुगेर धन कमाएर फर्केका व्यक्ति हुन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पर्बत । रोजगारीका लागि नेपालबाट विदेश खासगरी खाडी मुलुक धाउने युवायुवतीको लर्को लागिरहदा केही व्यक्ति भने लाहुरे हुने हैन भन्छन् । 

लाहुरे हुने हैन भन्ने व्यक्ति अरु कोही नभई एकपटक विदेश पुगेर धन कमाएर फर्केका व्यक्ति हुन् ।"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिरेका भूषाल भन्छन्: ‘लाहुरे हुने हैन’

१५ भाद्र २०७३, बुधबार ०६:२१

भदौ १५, पर्बत । रोजगारीका लागि नेपालबाट विदेश खासगरी खाडी मुलुक धाउने युवायुवतीको लर्को लागिरहदा केही व्यक्ति भने लाहुरे हुने हैन भन्छन् । 

लाहुरे हुने हैन भन्ने व्यक्ति अरु कोही नभई एकपटक विदेश पुगेर धन कमाएर फर्केका व्यक्ति हुन् । अझ पर्वतबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिरेका एक व्यक्तिले विदेशमा लाहुरे हुने हैन भन्छन्.। 

पर्वतबाट विदेश जाने युवायुवतीको संख्या यतिखेर बीस हजार भन्दा माथि छ । ठ्याक्कै भन्नुपर्दा जिविस पर्वतले उल्लेख गरेको संख्या २१७०० छ । यो संख्यामा करीव १९००० युवाहरु पर्दछन् भने बाँकी युवतीहरु छन् । यसरी विदेश जाने युवायुवतीमध्ये धेरै त खाडी मुलुक नै रोजगारीका लागि पुगेका छन् । 

यसरी मुलुकबाट दैनिक १५०० सयका दरले विदेश धाउने युवाहरुको संख्या उल्लेख भईरहदा उमेरले ६० नाघेका भूषालले आफूलाई पर्वत जिल्लाबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिर्ने व्यक्ति भएको दावी गर्छन् । जिल्लाको शंखरपोखरी ९ का लक्ष्मीदत्त भूषाल २०५१ सालमा कतार भासिएर ०५६ मा फर्कदा करीव ४५ लाख रुपैया कमाई गरी फर्केको बताउँछन् । 

भुषाल विदेश जानुपर्ने कारण पनि रोचक छ । गाउँकै खानेपानी योजनामा आफ्नो कमाई नभएका कारण आर्थिक सहयोग गर्न भुषालले सकेनन् । त्यसैले पैसा कमाउनु पर्ने रहेछ भनी आफू विदेश गएको भुषालको भनाई छ । 

खेती किसानी पेशा भएपनि सामाजिक सेवालाई आफ्नो दिनचर्या बनाएका भूषालले यतिखेर भने लाहुरे हुने नभई यही मुलुकमा केही गर्नुपर्छ भन्छन् । धेरै युवाहरु गाउँलाई रित्तो बनाएर विदेश गएपछि कसरी मुलुकको विकास निर्माण अघि बढ्न सक्छ ? भन्ने प्रश्न भुषालको छ ।

भुषाल भन्छन्(‘गाउँमा ५० वटा बाख्रा पालन गर्ने र केही संख्यामा गाई, भैसी पालन गर्न सकेमा मात्र पनि युवाहरुले यही कतारको कमाई गर्न सक्छन् भने किन लाहुरे हुने ?’

कतार गई घर फर्केका भुषाल फेरि विदेश नजानुको पछि गाउँकै खानेपानी योजनाका कारण हो । गाउँमा ५० घरधुरीलाई पुग्ने भनी विरौटाफेदी खानेपानी योजना बन्न लागेको थियो । यो २०५७ सालतिरको कुरा हो । सो योजनालाई पुरा गर्न गाउँकै व्यक्तिको अगुवाई चाहिने थियो । गाउँका सवै जनाले भुसाललाई सोको अगुवाई गर्न आग्रह गरेपछि कतार फर्कने उनको मन भाचियो र उनी गाउँमै रहे ।

सामाजिक कार्यकै   कारण फेरि लाहुन बन्न नगएका भुषाल सक्रिय सामाजिक कार्यकर्ता समेत हुन् । उनी गाउँकै कालिका सामुदायिक वनको अध्यक्ष भइसकेका छन् । गाउँको विद्यालयको अध्यक्ष भईसकेका उनी विभिन्न सामाजिक संघसंस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्तित्व हुन् ।

चार भाई छोरा र तीन वटी छोरीका बाबु रहेका भुषालले आफ्ना छोराहरुलाई समेत आफ्नै मुलुकमा केही गर्नुपर्छ भनी विभिन्न पेशाव्यवसायमा आवद्ध बनाएका छन् । तपाई त विदेश गएको व्यक्ति अहिले फेरि युवाहरुलाई यही केही गर्नुपर्छ भन्नुहुन्छ त भन्ने जिज्ञासामा उनी भन्छन्‘मैले विदेश गएर बटुलेको अनुभव र ज्ञानले युवाहरु विदेश गएर कहिल्यै पनि यो मुलुकको विकास सम्भव छैन ।

 न त आफू नै धनी बन्न सकिन्छ । त्यसैले यही केही गर्नुपर्छ । युवा लाहुरे भए मुलुकको विकास हुँदैन । युवा लाहुरे हुने हैन ।' खेतीकिसानी गरेर नै अहिले आफू बाँचिरहेको र त्यसमा पनि आफू जन्मेको माटोमा धेरथोरै सेवा गर्न पाउदाको आनन्द विदेशमा कहाँ भेटिन्छ र ? भन्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु