भदौ १५, पर्बत । रोजगारीका लागि नेपालबाट विदेश खासगरी खाडी मुलुक धाउने युवायुवतीको लर्को लागिरहदा केही व्यक्ति भने लाहुरे हुने हैन भन्छन् । 

लाहुरे हुने हैन भन्ने व्यक्ति अरु कोही नभई एकपटक विदेश पुगेर धन कमाएर फर्केका व्यक्ति हुन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पर्बत । रोजगारीका लागि नेपालबाट विदेश खासगरी खाडी मुलुक धाउने युवायुवतीको लर्को लागिरहदा केही व्यक्ति भने लाहुरे हुने हैन भन्छन् । 

लाहुरे हुने हैन भन्ने व्यक्ति अरु कोही नभई एकपटक विदेश पुगेर धन कमाएर फर्केका व्यक्ति हुन् ।"/>

2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिरेका भूषाल भन्छन्: ‘लाहुरे हुने हैन’

भदौ १५, पर्बत । रोजगारीका लागि नेपालबाट विदेश खासगरी खाडी मुलुक धाउने युवायुवतीको लर्को लागिरहदा केही व्यक्ति भने लाहुरे हुने हैन भन्छन् । 

लाहुरे हुने हैन भन्ने व्यक्ति अरु कोही नभई एकपटक विदेश पुगेर धन कमाएर फर्केका व्यक्ति हुन् । अझ पर्वतबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिरेका एक व्यक्तिले विदेशमा लाहुरे हुने हैन भन्छन्.। 

पर्वतबाट विदेश जाने युवायुवतीको संख्या यतिखेर बीस हजार भन्दा माथि छ । ठ्याक्कै भन्नुपर्दा जिविस पर्वतले उल्लेख गरेको संख्या २१७०० छ । यो संख्यामा करीव १९००० युवाहरु पर्दछन् भने बाँकी युवतीहरु छन् । यसरी विदेश जाने युवायुवतीमध्ये धेरै त खाडी मुलुक नै रोजगारीका लागि पुगेका छन् । 

यसरी मुलुकबाट दैनिक १५०० सयका दरले विदेश धाउने युवाहरुको संख्या उल्लेख भईरहदा उमेरले ६० नाघेका भूषालले आफूलाई पर्वत जिल्लाबाट सवैभन्दा पहिले खाडी मुलुक कतार छिर्ने व्यक्ति भएको दावी गर्छन् । जिल्लाको शंखरपोखरी ९ का लक्ष्मीदत्त भूषाल २०५१ सालमा कतार भासिएर ०५६ मा फर्कदा करीव ४५ लाख रुपैया कमाई गरी फर्केको बताउँछन् । 

भुषाल विदेश जानुपर्ने कारण पनि रोचक छ । गाउँकै खानेपानी योजनामा आफ्नो कमाई नभएका कारण आर्थिक सहयोग गर्न भुषालले सकेनन् । त्यसैले पैसा कमाउनु पर्ने रहेछ भनी आफू विदेश गएको भुषालको भनाई छ । 

खेती किसानी पेशा भएपनि सामाजिक सेवालाई आफ्नो दिनचर्या बनाएका भूषालले यतिखेर भने लाहुरे हुने नभई यही मुलुकमा केही गर्नुपर्छ भन्छन् । धेरै युवाहरु गाउँलाई रित्तो बनाएर विदेश गएपछि कसरी मुलुकको विकास निर्माण अघि बढ्न सक्छ ? भन्ने प्रश्न भुषालको छ ।

भुषाल भन्छन्(‘गाउँमा ५० वटा बाख्रा पालन गर्ने र केही संख्यामा गाई, भैसी पालन गर्न सकेमा मात्र पनि युवाहरुले यही कतारको कमाई गर्न सक्छन् भने किन लाहुरे हुने ?’

कतार गई घर फर्केका भुषाल फेरि विदेश नजानुको पछि गाउँकै खानेपानी योजनाका कारण हो । गाउँमा ५० घरधुरीलाई पुग्ने भनी विरौटाफेदी खानेपानी योजना बन्न लागेको थियो । यो २०५७ सालतिरको कुरा हो । सो योजनालाई पुरा गर्न गाउँकै व्यक्तिको अगुवाई चाहिने थियो । गाउँका सवै जनाले भुसाललाई सोको अगुवाई गर्न आग्रह गरेपछि कतार फर्कने उनको मन भाचियो र उनी गाउँमै रहे ।

सामाजिक कार्यकै   कारण फेरि लाहुन बन्न नगएका भुषाल सक्रिय सामाजिक कार्यकर्ता समेत हुन् । उनी गाउँकै कालिका सामुदायिक वनको अध्यक्ष भइसकेका छन् । गाउँको विद्यालयको अध्यक्ष भईसकेका उनी विभिन्न सामाजिक संघसंस्थामा बसेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्तित्व हुन् ।

चार भाई छोरा र तीन वटी छोरीका बाबु रहेका भुषालले आफ्ना छोराहरुलाई समेत आफ्नै मुलुकमा केही गर्नुपर्छ भनी विभिन्न पेशाव्यवसायमा आवद्ध बनाएका छन् । तपाई त विदेश गएको व्यक्ति अहिले फेरि युवाहरुलाई यही केही गर्नुपर्छ भन्नुहुन्छ त भन्ने जिज्ञासामा उनी भन्छन्‘मैले विदेश गएर बटुलेको अनुभव र ज्ञानले युवाहरु विदेश गएर कहिल्यै पनि यो मुलुकको विकास सम्भव छैन ।

 न त आफू नै धनी बन्न सकिन्छ । त्यसैले यही केही गर्नुपर्छ । युवा लाहुरे भए मुलुकको विकास हुँदैन । युवा लाहुरे हुने हैन ।’ खेतीकिसानी गरेर नै अहिले आफू बाँचिरहेको र त्यसमा पनि आफू जन्मेको माटोमा धेरथोरै सेवा गर्न पाउदाको आनन्द विदेशमा कहाँ भेटिन्छ र ? भन्ने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो