भदौ १५, बनेपा । भूकम्पपीडितले सरकारले प्रदान गर्ने पहिलो किस्ताको रकम नपाएको भन्दै काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० जनाले गुनासो गरेका छन् । 

जिल्लाका सम्बन्धित गाविस तथा नगरपालिकामा २१ हजार ४३६ जनाले गुनासो दर्ता गराउँदै घर निर्माणका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, बनेपा । भूकम्पपीडितले सरकारले प्रदान गर्ने पहिलो किस्ताको रकम नपाएको भन्दै काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० जनाले गुनासो गरेका छन् । 

जिल्लाका सम्बन्धित गाविस तथा नगरपालिकामा २१ हजार ४३६ जनाले गुनासो दर्ता गराउँदै घर निर्माणका "/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० को गुनासो

१५ भाद्र २०७३, बुधबार ०७:११

भदौ १५, बनेपा । भूकम्पपीडितले सरकारले प्रदान गर्ने पहिलो किस्ताको रकम नपाएको भन्दै काभ्रेपलाञ्चोकमा करिब २१ हजार ५०० जनाले गुनासो गरेका छन् । 

जिल्लाका सम्बन्धित गाविस तथा नगरपालिकामा २१ हजार ४३६ जनाले गुनासो दर्ता गराउँदै घर निर्माणका लागि अविलम्ब पहिलो किस्ताको रकम उपलब्ध गराउन माग गरेका छन् । धेरै प्रकृतिका गुनासो आएका छन्, त्यसमा नाम छुटाएको, नामथर गलत भएको लगायतका छन् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालय, धुलिखेलका सिनियर डिभिजनल इन्जिनियर होमनाथ पौडेलले भन्नुभयो । 

उहाँले विभिन्न गाविस र नगरपालिकामा त्यस्ता गुनासोको सम्बोधनसमेत भएको उल्लेख गर्दै ठूला प्रकृतिका गुनासा केन्द्रबाट नै सम्बोधन हुने बताउनुभयो । रविओपी गाविसका सचिव छविलाल श्रष्ेठले सानातिना विषयमा गुनासो सम्बोधन भएपनि नीतिगत विषयमा कुनै काम नभएको बताउनुभयो । 

काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी काशिखण्ड नगरपालिकामा एक हजार ५८९, पनौती नगरपालिकामा एक हजार ८००, पाँचखाल नगरपालिकामा एक हजार ८००, धुलिखेल नगरपालिकामा ५६४, उग्रचण्डीनाला गाविसमा ५३३, बनेपा नगरपालिकामा ४७६, मेच्छे गाविसमा ४६८, महादेवस्थान गाविसमा ४५३ जनाले गुनासो गरेको जिल्ला विकास समितिले जनाएको छ । जिल्लाभर ७२ गाविस र पाँच नगरपालिकामा नै भूकम्पपीडितले गुनासो गरेका छन् । 

अहिलेसम्म जिल्लामा ४८ हजार ३५१ जनासँग अनुदान सम्झौता भएको र १९ हजार ५३७ जनाको खातामा पहिलो किस्ताबापतको रु ५० हजार निकासा भएको जिविस, काभ्रेपलाञ्चोकका योजना अधिकृत ढोलक ढकालले जानकारी दिनुभयो । उहाँले भुम्लुटार, फलाटे र पोखरी नारायणस्थान गाविसमा अझै पनि अनुदान सम्झौता हुन नसकेको उल्लेख गर्दै भुम्लुटार र फलाटेमा लालपुर्जा नभएका कारण र पोखरी नारायणस्थान गाविसमा स्थानीयवासीको अवरोधका कारण अनुदान सम्झौता नभएको बताउनुभयो । 

नभएका ठाउँमा पनि अनुदान सम्झौताका लागि पहल भइरहेको उहाँले बताउनुभयोे । जिल्लामा कुल ६७ हजार ५०० को हाराहारीमा लाभग्राही छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ