भदौ १५, पाल्पा । परम्पराकालदेखि हातले कुँदेका कलात्मक माटोका भाँडा बनाउने कुमाल जातिको पेसा सङ्कटमा परेको छ । 

हाँडी, घैटा, चिलिम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाँडा बनाउने कुमाल जातिको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १५, पाल्पा । परम्पराकालदेखि हातले कुँदेका कलात्मक माटोका भाँडा बनाउने कुमाल जातिको पेसा सङ्कटमा परेको छ । 

हाँडी, घैटा, चिलिम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाँडा बनाउने कुमाल जातिको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयो"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

कुमालेको पेसा सङ्कटमा

१५ भाद्र २०७३, बुधबार ०७:२६

भदौ १५, पाल्पा । परम्पराकालदेखि हातले कुँदेका कलात्मक माटोका भाँडा बनाउने कुमाल जातिको पेसा सङ्कटमा परेको छ । 

हाँडी, घैटा, चिलिम, पाला, खुत्रुकेलगायतका घरायसी उपयोगका भाँडा बनाउने कुमाल जातिको पेसा बजारमा आएका प्लास्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा सङ्कटमा परेको हो । रामपुर–१५ गेझा गाउँ कुमाल समुदायले ढाकेको छ । पहिले पहिले माटोका भाँडा बनाएर जीविकोपार्जन गरे पनि अहिले यस समुदायबाट पेसा नै लोप हँुदै गएको स्थानीय दामोदर तिमिल्सिना बताउनुहुन्छ । 

यहाँका ३०० घरपरिवारमध्ये अहिले केही घर परिवारले मात्र माटोको भाँडा बनाउने गरेका छन् । स्थानीय महेन्द्र कुमाल बजारको अभाव, प्लास्टिक र स्टिलका भाँडाको प्रयोग बढ्दै जाँदा पेसा लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । परम्परा जोगाउनका लागि माटोको भाँडा बनाउँदै आएको उहाँको भनाइ छ । 

“माटोको भाँडालाई बजारको समस्या छ,” उहाँले भन्नुभयो । यहाँ उत्पादित हाँडी र घैँटोको आकार हेरी रु २०० देखि रु ५०० सम्म मूल्य पर्छ । स्थानीय मनबहादुर कुमाल लागतअनुसारको मूल्य पाउन नसकेको बताउनुहुन्छ । 

जिल्लाका घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहालगायतका स्थानमा बसोबास गदै आएका कुमाल जातिले माटोका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गदै आए पनि अहिले उनीहरुको पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि गर्दै आएको पेसा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालले पल्लेदारी र मजदुरी गरी दैनिक गुजारा गर्न थालेका छन् । 

कुमाल जातिको पेसा संरक्षणका लागि सरकारी तवरबाट कुनै पहल हुन् सकेको छैन । सस्तो र कमसल खालका प्लास्टिकका भाँडा गाउँगाउँसम्म सहजै उपलब्ध हुन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली