१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा उमपेयरको एमालेबाट टिकट पाएकी मन्जु भन्छिन्- चुनाव लड्ने मन छैन

११ बैशाख २०७९, आईतवार ०७:०५

वैशाख ११, पोखरा । नेकपा एमालेले पोखराको उपमेयरमा हालकै उपमेयर मन्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो ।

मन्जु अहिले केन्द्रीय सदस्य हुन् भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मन्जुले आफू यसपालि चुनावै नलड्ने बताएकी थिइन् । त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उनले इच्छा देखाइनन् र बाहिरै बसिन् । चुनाव लड्ने चाहना नभए पनि मन्जुलाई एमालेले टिकट दिएको छ । तर, उनी सन्तुष्ट छैनन् ।

‘चाहाना राख्नुभएको छैन । नलड्ने नै भन्नुभएको छ,’ उनका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भने, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ । बैठकमै व्यस्त हुनुहुन्छ ।’ गुरुङले कसैको पनि फोन उठाएकी छैनन् ।

त्यसो त पार्टीमा आफुभन्दा तल्लो कमिटीको व्यक्तिलाई उपल्लो पद दिएपछि उनी सन्तुष्ट छैनन् । पोखराका एमाले नेता कार्यकर्ताले समेत गुरुङलाई उपमेयर र पौडेललाई मेयर दिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार