प्रेम सुनार/भदौ १५, गुल्मी । आफन्तको घरमा दुई दिन पाहुना बस्न त कति अफ्ठ्यारो लाग्छ भने अझ झन सिङ्गो परिवारै लिएर आफन्तको घरमा महिनौ बस्न कति मुस्कील पर्ला आफै महशुस गरौं । तर पनि प्राकृतिक विपतले विवस छन गुल्मी वाग्लाका एक परिवार महिनौं सम्म छिमेकीको घरमा बस्न ।
गरिव परिवारका वाग्ला–६ का हरिप्रसाद घिमिरेको घर साउन १० गते आएको पहिरोले बगाई दियो । सामन्य वास वनाउने उपाय नभए पछि घिमिरेको ४ जनाको परिवार सिमलटारी स्थित छिमेकी हंशराज छिमिरेको घरमा शरण लिन बसेका हुन् ।
कति दिन अर्काको घरमा बस्ने ? त्यसैले केहि उपाय लाग्थ्यो कि भनेर आज सदरमुकाम तम्घास आई पुगेका घिमिरेले सिडियो उदयबहादुर राना मगर समक्ष विन्ती विसाउन पुगे । सिडियोले के गरुँन ? माथील्लो निकायकै छुचो हात भए पछि जम्मा तिन हजार रुपैयाँ दिएर पठाए ।
त्यस पछि उनि रेडक्रशमा पुगे । एउटा त्रिपाल मिल्यो , साथमा केहि भाँडा–कुँडा र सामन्य कपडा–लत्ता । त्यस पछि उनि पत्रकार खोज्दै हिडे । त्यस क्रममा नेपाल पत्रकार महासंघका संस्थापक सभापति हरिकुमार श्रेष्ठलाई फेला पारे । श्रेष्ठले यस समाचारदातालाई फोन गरे । सदरमुकाम वाहिर रहेको यस समाचारदाताले समाचार टिप्नु ्िशवाय तत्काल केहि गर्न सक्ने अवस्था थिएन् ।
म अहिले मजुवा छु भन्दा पनि केहि भ्याउँ नपाएका घिमिरेले एकै छिनको लागि आउनुस् न भनेर अनुरोध गर्दै थिए । उनको आग्रह थियो –‘ मेरो वास बनाउन सक्ने केहि उपाय भएन , बनाई दिने कुनै संघ संस्था खोजि दिनु प¥यो । ’
यो देशका नेता , राज्यका कर्मचारी देखि पुँजीपति कैयौंको आलिशान महल विभिन्न शहरमा ठडिएका छन र पुर्खेयौंली घर छाडेर हिड्दा लेउ लागेको , झार उर्मेर झाडी बनेको छ ।
तर घिमिरे जस्ता थुप्रै गरिव विपन्नले प्रकृतिक विपत्तीमा घरवासविहिन हुँदा पनि राज्य रमिते बन्छ भने ति निमुखाहरुको मन नजलेर अरु कसको जल्ला ?
यसरी जलेका मनहरुमा मलम लगाउन भनि थुप्रै आन्दोलनहरु भए । सशस्त्र विद्रोह गरेर थुप्रैले ज्यान गुमाए , अंग–भंग पनि बने तर गणतन्त्र स्थापना पछि पनि जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान शिद्ध भए पछि यो देशमा शान्ति कसरी आउला ?
कसरी ति जलेका मनहरु नछट्पट्टी चुप लागि बस्लान ? यसर्थ पनि मुखमा राम राम बगलीमा छुरा बोक्नेहरुले शान्ति ..शान्ति ..जपेर मात्रै शान्ति नआउला कि ?