पढ्न करिब 1 मिनेट लाग्छ
<p><b> वैशाख १५, पोखरा | </b>म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालि- ६ बांगेपहिरोमा ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।<br></p><p>दुर्घटनामा मालिका-५ गरजराका २३ वर्षीय भविन्द्र किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सँगै सवार मालिका-२ का सन्तोष किसान घाइते छन् ।</p>

