प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न"/>
2026-06-17 09:01 AM
तेह्रथुम - TRT

आज १५१ औँ मोति जयन्ती, तेह्रथुममा जिल्ला स्तरीय गजल प्रतियोगिता हुँदै

प्रकाश धौलाकोटी । भदौ १६, तेह्रथुम । नेपाली साहित्यमा आँसु कविका रुपमा परिचित मोतीराम भट्टको १५१ औँ मोति जयन्ती देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । यो अवसरमा नेपालसँगै विदेशमा रहेका नेपाली भाषी गजलकार र गजलप्रेमीहरुले समेत विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । 

तेह्रथुममा पनि साहित्य प्रतिष्ठानले जिल्ला स्तरीय गजल प्रतियोगितासँगै भट्टको स्मृतिमा विशेष कार्यक्रमको आयोजना गरको छ । गजल प्रतियोगितामा जिल्लाका २० जना गजलकारहरुले गजल बाचन गर्नेछन् भने भट्टलाई स्मरण गर्दै अन्य चर्चित गजलकार र साहित्यकारहरुले सृजना वाचन गर्ने कार्यक्रम रहेको अध्यक्ष दीपक कट्टेलले जानकारी दिनुभयो ।

नेपाली गजल साहित्यका प्रणेता भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रुपमा मनाइने गरिएको हो । श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनु भएका भट्टले कथा, नाटक र निबन्ध समेतको रचना गर्नुभएको थियो । 

तीस वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी) कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याउनुभएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ