२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

राहत नपाएपछि भूकम्प पीडितहरूले जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाए

२०७२, ३ पुष शुक्रबार ०३:२४

पुस ३, रसुवा ।
धैबुङ्ग गाविस वडा नं ६ र ७ का ३२ जनाले भूकम्प पीडितहरुले ०७२ पुस २ गते सरकारी राहत १५ हजार नपाएको
भन्दै जिल्ला दैवी प्रकोप राहत उद्धार समितिमार्फत ज्ञापन पत्र बुझाएका छन् ।

पत्र बुझाएपछि
प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै स्थानीय बुद्धिनाथ न्यौपानेले बितरण गर्न रकम सकिएको भन्दै ‘७ दिन
पछि बितरण गर्न आउने भने पनि महिनौं बित्दा पनि राहत बितरण गर्न कर्मचारी आएनन् हामीले कहिले पाउने ?

धैबुङ्ग गाविस –६ का शिब घिमिरेले भने ‘भूकम्पले घर ध्वस्त भएको बास्तबिक पीडितले राहत नपाएकोले
हामी पीडित भयौं छानबिन हुनु प¥यो । ’

हामीले यस अघि पनि समस्या
प्रति ध्यान दिन आग्रह गरेका थियौं अहिले पुन ध्यानाकषर्ण गराउन जिल्ला प्रशासन आएको हौं , १५ हजार राहत
नपाएकाहरुले न्यानो कपडाका लागी सरकारले दिने १० हजार रुपियाँ पनि नपाउने भएपछि हामी सदरमुकाम आएका हौं
उनले भने ।

जिल्लाका बिभिन्न गाविसमा छिमेकीले राहत रकम बुझ्दा टुलुटुलु हेरेर वस्न वाध्य भुकम्प
पीडित आक्रोशित हुन थालेका छन् । जिल्लाका धेरै गाविसमा यस्तो समस्या रहेको छ । भोर्ले र सरमथली गाविसमा
१ भन्दा सय बढि परिवारको यस्तो समस्या देखिएको मोवाईल सिटिजन हेल्प डेक्सका स्वयमसेक विजय न्यौपानेले
बताए ।

उता गोल्जुङ गाविस –९ का रामबहादुर तामाङले सरकारले दिएको राहत रकम पाउन नसकेपछि
ध्यानाकषर्ण गर्न जिल्ला प्रशासन कार्यलय रसुवामा डेलिगेशन आएको बताए ।

गोल्जुङ गाविसमा ५० र चिलिमे गाविसका ५६ घरधुरीले राज्यबाट पाउनु पर्ने राहत पाउन छुटेको
मोवाईल सिटिजन हेल्प डेक्सका स्वयमसेवक मुना तामाङले बताईन् ।

पीडितले १५ हजार त पाएन पाएन अहिलो न्यानो कपडा खरिदका लागि सरकारले दिने १० हजार रुपियाँ पनि
उनीहरूले पाउन सकेका छैनन । नागारिकले राहत पाएनन राजनैतिक दललाई दवाव प¥यो । गोल्जुङ–५ का मिङवर सिंगी
तामाङले भने ।

यस अघिको प्राविधिक टोलीको हेलचक्र्याइका कारण पुर्ण रूपमा घर भत्केकाहरुको आशिंक
क्षति भनेर परिचय पत्र बितरण भएपछि पुर्ण रूपमा घर क्षती भएकाहरू मर्कामा परेको पीडितहरूले गुनासो गरे

समस्या प्रति ध्यान गएकोले धैबुङ्ग गाविस –६ र ७ वडाको हकमा
तत्कालै छानबिन गरिने प्रमुख जिल्ला अधिकारी शिबराम गेलालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा