2026-11-02 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

उम्मेदवारका एजेण्डाः सेफ्टीक ट्यांकी निःशुल्क सफा गराउनेदेखि पाँच रुपैयाँमै खानासम्म

वैशाख २०, बुटवल | सिद्धार्थनगर नगरपालिकाका विभिन्‍न दलका उम्मेदवारले मतदाता आकर्षित गर्न निःशुल्क रुपमा सेफ्टीक ट्यांकी सफा गराउनेदेखि कर छुटसम्मका एजेण्डा ल्याएका छन् । 

आगामी ३० वैशाखमा हुने निर्वाचनमा उम्मेदवारबीच एजेण्डा प्रस्तुत गर्ने होडबाजी नै चलेको छ । आकर्षक एजेण्डा बनाउने र मतदातालाई आफूतिर आकर्षित गर्ने गरी उम्मेदवारले मतदाता भेटघाटलाई पनि तीव्र पारेका छन् ।

सिद्धार्थनगर नगरपालिकामा दलगत र स्वतन्त्र गरी १५ जनाले उम्मेदवार छन् । अधिकांशका घोषणापत्रमा करछुट गराउनेदेखि शिक्षा, स्वास्थ्य, कृषि, सरसफाइ, खानेपानीका ठूल्ठूला वाचा गरिएका छन् । तर, ती काम कसरी पूरा गर्ने भन्‍न‍े विषयमा कसैसँग कुनै ठोस योजना भने देखिएको छैन ।

एमालेबाट मेयरमा उम्मेदवारी दिएका डा रामप्रसाद बस्यालले प्रत्येक नगरवासीको घर-घरमा घाेषणापत्र पु-याएको बताउँदै पार्टी र आफ्नो एजेण्डा सोही घोषणापत्रबाट नागरिकले जान्‍न सक्ने बताए । उनले अहिले पनि सिद्धार्थनगर नगरपालिकाले प्रयाप्त विकास गरेको बताउदै आफू विजयी भए त्यसलाई निरन्तरता दिने बताए । 

नेकपा (एकीकृत समाजवादी) का बाट मेयरका उम्मेदवार थमन पुन (कुलेन्द्र) ले पहिलो प्राथमिकतामा स्वास्थ्य राखेको बताए । उनले स्वास्थ्यको साथै महिनाको ५ हजार लिटर खानेपानी निःशुल्क गर्ने बताए । युवा श्रम गठन गरी नगरमा रहेका युवाको अवस्थाबारे जानकारी लिने उनले बताए । खेलकुद र खेलाडीलाई सम्बोधन गरिने बताउदै उनले आफ्नो पारिश्रमिक एकल महिला र अति विपन्‍नको सेवामा खर्च गर्ने पनि बताए ।

राप्रपाकाबाट मेयर उम्मेदवार सागर प्रताप राणले विजयी भए नगरमा उपलब्ध विज्ञको सुझाव अनुसारको सहर बनाउने प्रतिवद्धता व्यक्त गरे । नगरको विकासमा एडिबीको महत्वपूर्ण योगदान रहेपनि यसले नगरको समग्र समस्या समाधान नगरेको उनको तर्क छ । गलत डिजाइनका कारण नगर अहिले डुबानमा रहेकोले आफूले पानीको उचित निकासमा पहल गर्ने उनले बताए ।

राणाले अहिले नगरपालिकाले चर्को कर असुलीरहेको आरोप लगाउदै आफू मेयरमा विजयी भए करमा ५० प्रतिशतसम्म कटौती गर्ने योजना सुनाए । यति मात्र नभई महिला उद्यमीको लागी थप १२ प्रतिशत कटौती गर्ने आफ्नो एजेण्डा रहेको राणाको भनाइ छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार ईश्तियाक अहमद खाँले नगरवासीको सपना साकार पार्न उम्मदेवारी दिएको बताए । उनले भैरहवालाई ग्रीन-क्लिन सहर बनाउने अभियानमा लागेको भन्दै यसको लागि भैरहवामा बोटानिकल गार्डेन बनाउने योजना रहेको बताए । खानले भैरहवाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्दै नगरलाई प्लाष्टिकमुक्त बनाउने योजना रहेको जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मोहम्मद वसिर मुसलमानले नगरको विकासमा युवाले कहिल्यै अवसर नपाएको बताए । उनले भैरहवाका १५ प्रतिशत गरिब जनतालाई पाँच रुपैयामै उपलब्ध हुने गरी खाना उपलब्ध गराइने योजना सुनाए । 

जसपाका तर्फबाट प्रमुख पदका उम्मेदवार मात्रिका प्रसाद यादवले सबै वडामा सामानान्तर विकास आफ्नो मूल एजेण्डा रहेको बताए । 

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार हसनरजाले आफूसँंग नगर विकासको लागी गाँस, बास, कपास, स्वास्थ्य शिक्षा लगायत ४० बुँदे घोषणापत्र रहेको बताए । आफू नगरको मेयरमा विजयी भए नगरका सेफ्टीक ट्यांकी निःशुल्क रुपमा सफा गराउने योजना रहेको उनले सुनाए । यसका साथै १३ वटै वडामा मेयर आवास योजना लागू, ५० प्रतिशतसम्म कर छुट गर्ने उनको योजना छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द