भदौ १६, रोल्पा । रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

अघिल्लो वर्ष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, रोल्पा । रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

अघिल्लो वर्ष"/>

2026-09-18 11:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा ट्राफिक सचेतीकरणले ल्यायो दुर्घटनामा कमी

भदौ १६, रोल्पा । रोल्पा जिल्लामा सवारी दुर्घटनाको मात्रा घटेको छ । जिल्ला ट्राफिक कार्यालय रोल्पाले सञ्चालन गरेको ट्राफिक सचेतीकरण कार्यक्रमका कारण दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

अघिल्लो वर्षको भन्दा गतवर्ष दुर्घटनामा कमी आएको बताइएको छ । अघिल्लो वर्ष भएका २३ दुर्घटनामा ४७ जना प्रभावित भएका थिए, जसअन्तर्गत ६ जनाको मृत्यु, सख्त घाइते १६ र सामान्य घाइते २५ जना रहेका थिए । 

गत वर्ष भएका १९ वटा सवारी दुर्घटनामा प्रभावित हुनेको सङ्ख्या ४१ मा झरेको छ । यसअन्तर्गत मृत्यु सात, सख्त घाइते १२ र सामान्य घाइते २२ जना रहेको प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र शर्माले जानकारी दिनुभयो । 

अघिल्लो वर्ष दुर्घटना बढेकोे भन्दै विभिन्न विद्यालय, क्लब, चालक, सहचालक, व्यवसायी, यातायात कर्मचारी तथा टोलटोलमा ट्राफिक सचेतीकरण गरिएको थियो । ट्राफिक नियम पालना सम्बन्धमा कडाइका साथ चेकजाँचसमेत गरिएको थियो । 

चेकजाँचका क्रममा तीन हजार १२२ पटक कारबाही गरिएको थियो । यसरी भएको कारबाहीबाट रु नौ लाख तीन हजार ९०० राजस्व सङ्कलन गरिएको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष राजस्वसमेत बढी सङ्कलन भएको शर्माले बताउनुभयो । 

दुर्घटना न्यूनीकरणमा सचेतीकरण कार्यक्रम निकै प्रभावकारी भएको भन्दै चालु आवमा समेत त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी ढङ्गले सञ्चालन गरिने योजना रहेको शर्माले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई