गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुई"/>
गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुई"/>
भदौ १६, रोल्पा । उमेर नपुगेकी किशोरीको विवाह गराएको आरोपमा आज तीनजनाविरुद्ध जिल्ला अदालत रोल्पामा मुद्दा दर्ता गरिएको छ । गैरीगाउँ–८ की सुनिता परियारको सोही गाउँकै रमेश परियारसँग विवाह गराउने दुईजना लमी करेटी–३ का लक्ष्मण विक, गैरीगाउँका दीपक परियार र दुलहा रमेशविरुद्ध प्रहरीले आज बालविवाहअन्तर्गत मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गएको साउन २९ गते सुनिता र रमेशबीच सुनिताको मुञ्जुरीबिनै विवाह भई भदौ ११ सम्म उनीहरुसँगै बसेको र परिवारका सदस्यहरु नभएको मौका पारी सुनिता घरबाट भागेर प्रहरीमा उजुरी दिन आएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीका अनुसार केटीको उमेर १७ र केटाको उमेर २४ हो । हाल दुईजना लमी र दुलहालाई जिल्ला अदालत रोल्पाबाट म्याद थप गरी थुनामा राखिएको छ भने सुनितालाई प्रहरीकै संरक्षणमा सुरक्षित स्थानमा राखिएको छ । बाल विवाहमा संलग्न तीनैजनालाई मुलुकी ऐनअनुसार कारबाही हुने रोल्पाका प्रहरी नाउब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो । राससकोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
रोल्पामा १७ बर्षीय किशोरीको जबर्जस्ती विवाह गराउने तीन जना विरुद्ध मुद्दा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय समाचार
मुख्य समाचार