२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

२०७९, २० बैशाख मंगलवार ११:३०

वैशाख २०, काठमाडाैं | देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । 

गोरखाको सिरानचोक गाउँपालिका–४ आरुबोटमा बा.१४ च ७८१ नम्बरको स्कारपियो गाडी सोमबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गाडीमा सवार अजिरकोट गाउँपालिका–५ चनौटे बस्ने ५० वर्षीय देबी पोख्रेल लगायत ३ जना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखास्थित फास्टट्रयाक बनाउँदै गरेको अवस्थामा अनटेष्ट लेखिएको लोडर सोमबार अचानक पल्टिँदा चिनियाँ नागरिक ३७ वर्षीय झु मिङ्बाओ लगायत ३ जनाको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारको लागि हेटौंडा अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा  घाइते भएका लोडर चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

झापाको बाह्रदशी गाउँपालिका–५ सुवास टोलमा मे.१ त ६०१० नम्बरको ट्रयाक्टरबाट लडेर सहचालक सोही ठाउँ बस्ने २७ वर्षीय बाबुराम हेमरनको सोमबार मृत्यु भएको छ । 

नवलपरासी (पश्चिम)को पाल्हीनन्दन गाउँपालिका–५ सिसहवामा लु.५१ प ४२१४ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५० वर्षीया भक्ति हरिजन रहेका छन् । उनको सोमबार मृत्यु भएको हो । 

कपिलवस्तुको कपिलवस्तु नगरपालिका–८ मैनिहवा चोकमा लु.३ त ८३३८ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देही लुम्बिनी सांकृतिक नगरपालिका–८ एक्ला बस्ने १० वर्षीय गणेश गुप्ता रहेका छन् । 

बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठस्थित सडकमा विआर ०५ एस ६७७५ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० वर्षीय साहेब राय यादवको सोमबार राति मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी बाराको कलैया उपमहानगरपालिका–२५ सिसवनिया चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक कजना पैदलयात्रीको मृत्यु भएको छ । पैदलयात्रीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । 

सुनसरीको वर्जु गाउँपालिका–५ अमही वेलाहामा मे.१० प ६८१५ नम्बरको मोटरसाइकल सोमबार राति दुर्घटना  हुँदा चालक मोरङ विराटनगर महानगरपालिका–१५ का रत्नेश धाडेवालको मृत्यु भएको छ । 

मोरङको उर्लाबारी नगरपालिका–८ अठियाबारीमा प्रदेश १–०२–०४२ प १६०० नम्बर र  मे.७ प ६३७१ नम्बरका दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मे.७ प ६३७१ नम्बरको मोटरसाइकल चालक गोबिन्दपुर–१ बस्ने ४५ वर्षीय गणेश सिटौला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ