भदौ १६, भक्तपुर । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । 

भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  भदौ १६, भक्तपुर । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । 

भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जान"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा पनि भेटियो स्क्रब टाइफसका बिरामी

१६ भाद्र २०७३, बिहीबार ०७:४८

 भदौ १६, भक्तपुर । भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ । 

भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिनुभयो । 

मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि देखापरेको उहाँले बताउनुभयो । 

मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको सङ्क्रमण हुन सक्ने बताउँदै उहाँले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने उल्लेख गर्नुभयो । 

यो रोग लागेमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, शरिरमा गाँठा देखिने, टोकेको ठाउँमा खरानी रङ्गको डाबर आउने, पछि कलेजो, श्वासप्रश्वास, आन्द्रा, रगतको नली फुटेर ज्यानै जानसक्ने डा जोशीले जानकारी दिनुभयो । 

यो रोगको सङ्क्रमण भक्तपुरमा पहिलोपटक देखापरेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिनुभयो । जनचेतनाको अभावले रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनुपर्ने बताउँदै सरकारले यो रोगको निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । 

भक्तपुरमा यो रोगका बिरामी अरु पनि हुनसक्ने आशंका गर्दै उहाँले अस्पतालमा यसको परीक्षण गर्ने प्रविधि अर्थात् किटको व्यवस्था गर्नु अति आवश्यक भएको डा जोशीले बताउनुभयो । 

नेपालमा यो रोगबाट अहिलेसम्म करिब ४०० जना सङ्क्रमित भएको र पाँचजनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने