भदौ १६, जुम्ला । यस वर्ष किसानले मनग्य आम्दानी लिएका छन् । 

व्यापारीले प्रतिकिलो रु ६० मा स्याउ खरिद गरिरहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, जुम्ला । यस वर्ष किसानले मनग्य आम्दानी लिएका छन् । 

व्यापारीले प्रतिकिलो रु ६० मा स्याउ खरिद गरिरहे"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जुम्लामा स्याउ बिक्रीबाट मनग्य आम्दानी

१६ भाद्र २०७३, बिहीबार ०८:२१

भदौ १६, जुम्ला । यस वर्ष किसानले मनग्य आम्दानी लिएका छन् । 

व्यापारीले प्रतिकिलो रु ६० मा स्याउ खरिद गरिरहेका छन् । पटमारा गाविसका किसान धमाधाम स्याउ भित्र्याउनमा व्यस्त छन् । व्यापारी बगैँचामै आएर स्याउ किन्न लुछाचुँडी गरिरहेका छन् । 

बगैँचामै व्यापारीले आफूले भनेजस्तो मूल्य दिँदा मनग्य आम्दानी भएको पटमारा–२ उर्थुगाउँका किसान मुनबहादुर विष्ट बताउनुहुन्छ । उहाँले यस वर्ष २० टन स्याउ उत्पादन गर्नुभएको छ । स्याउ बिक्रीबाट यस वर्ष रु १२ लाख आम्दानी गर्न सकिने उहाँको भनाइ छ । 

स्थानीय किसान आइतमान विष्ट गत वर्षभन्दा यस वर्ष असिना र खडेरीका कारण स्याउ उत्पादनमा कमी आएकाले आम्दानी घट्न सक्ने बताउनुहुन्छ । तीन वर्षअघि प्रतिकिलो रु सातदेखि रु १० पर्ने स्याउ अहिले रु ६० भन्दा बढीमा बिक्री भइरहेको छ । 

गत वर्ष स्याउ प्रतिकिलो रु २० देखि रु ३५ मा बिक्री भएको थियो । बढ्दो मागका कारण मूल्य बढेको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक खेमराज शाहीले बताउनुभयो । उर्थु गाविसमा स्याउ उत्पादन तथा गुणस्तर अभिवृद्धिका लागि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले समूहमार्फत हरेक समूहमा रु आठ लाखदेखि रु २० लाखसम्म लगानी गरेको आयोजनाका कार्यक्रम संयोजक भेषबहादुर रावलले जानकारी दिनुभयो । सो संस्थाले स्याउको बगैँचा व्यवस्थापन, सिँचाइ सामग्री खरिद र प्राविधिक सहयोग गर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ