२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफूहरूले गर्न सकिने कुरामात्रै अघि सारेको सिद्धार्थनगर एकीकृत समाजवादीको दाबी

२०७९, २३ बैशाख शुक्रबार ११:५२

वैशाख २३, भैरहवा | नेकपा एकीकृत समाजवादी सिद्धार्थनगरले गर्न सकिने कुरामा मात्रै प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गर्दै पार्टीका तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार कुलेन्द्र पुनलगायतको टिमले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगरलगायतमा केन्द्रित रही ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

पुनले आफूहरूले जे गर्न सकिन्छ, त्यही कुरामात्रै अघि सारेको बताउँदै ‘हाम्रो नगर राम्रो नगर’ बनाउन  नगरमा मुख्य समस्याकोरुपमा रहेको फोहोरमैलालाई उचित व्यवस्थापनसहित फोहोर प्रशोधन उद्योग निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।  पर्यटन क्षेत्रको विकास, नगरलाई कृषि उद्योग र पर्यटन व्यवसायबाट आत्म निर्भर, पार्किङलाई पूर्वाधारमा र नयाँ बन्ने पूर्वाधारहरूमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था, संस्कृतिको विकास, नगरका अधुरा योजनालाई प्राथमिकतामा लगायतका बुँदा प्रतिबद्धतामा उल्लेख छ ।

यस्तै, वातावरणीय दृष्टिकोणले सरसफाइयुक्त, प्रदूषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गरिने, स्वास्थ्य बिमालाई कडाइका साथ कार्यान्वयन गरिने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो पारिने, एकीकृत सम्पत्ति करमा लक्षित वर्गलाई विशेष छुट दिइने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरूलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउने उल्लेख छ ।

नगरभित्र यत्रतत्र छरिएर रहेका अटोसर्विसहरुलाई उचित ठाउँमा व्यवस्थापन गरी ग्यारेज तथा सर्भिसिङ्ग गर्ने अटो व्यवसायलाई अटोभिलेजमा लैजाने र निश्चित ठाउँबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा समावेश छ । नगरमा आइपर्ने विपत्, महामारी, प्राकृतिक प्रकोपको सामना गरी जनतालाई हरपल साथ र सहयोग उपलब्ध गराउने, नगरभित्र रहेको खेतीयोग्य जग्गालाई विशेष संरक्षण गरी चक्लाबन्दी र खण्डीकरणको उचित व्यवस्थापन गर्ने विषयलाई प्रतिबद्धतामा समेटिएको छ ।

यस्तै, विषम परिस्थतिका कारण प्रायः ठप्प रहेका यहाँका व्यापार, व्यवसाय, होटेल   तथा रेष्टुरेन्टहरुलाई प्रोत्साहनका साथ अगाडि बढाउन विशेष पहल गर्ने, नगरमा रहेका जातजाति, भाषाभाषी, सम्प्रदाय सबैको आत्मसम्मान हुने गरी भौगोलिक रीतिरिवाज, सांस्कृतिक परम्पराको महत्त्वलाई जोड दिँदै थप हौसला पुग्ने काम गर्ने समाजवादीले प्रतिबद्धता गरेको छ ।

न्यायिक समितिले गर्नुपर्ने नगरको समस्यालाई छिटोछरितो र प्रभावकारी ढंगबाट किनारा लगाई नगरवासीहरूलाई न्यायको प्रत्याभूति दिइने र ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगेर सेवा उपलब्ध गराउने समाजवादीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक