2026-11-02 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आफूहरूले गर्न सकिने कुरामात्रै अघि सारेको सिद्धार्थनगर एकीकृत समाजवादीको दाबी

वैशाख २३, भैरहवा | नेकपा एकीकृत समाजवादी सिद्धार्थनगरले गर्न सकिने कुरामा मात्रै प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गर्दै पार्टीका तर्फबाट सिद्धार्थनगरका मेयर पदका उम्मेदवार कुलेन्द्र पुनलगायतको टिमले शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास, फोहोरमैला र पार्किङ व्यवस्थापन, भ्रष्टाचारमुक्त नगरलगायतमा केन्द्रित रही ३१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

पुनले आफूहरूले जे गर्न सकिन्छ, त्यही कुरामात्रै अघि सारेको बताउँदै ‘हाम्रो नगर राम्रो नगर’ बनाउन  नगरमा मुख्य समस्याकोरुपमा रहेको फोहोरमैलालाई उचित व्यवस्थापनसहित फोहोर प्रशोधन उद्योग निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताए ।  पर्यटन क्षेत्रको विकास, नगरलाई कृषि उद्योग र पर्यटन व्यवसायबाट आत्म निर्भर, पार्किङलाई पूर्वाधारमा र नयाँ बन्ने पूर्वाधारहरूमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था, संस्कृतिको विकास, नगरका अधुरा योजनालाई प्राथमिकतामा लगायतका बुँदा प्रतिबद्धतामा उल्लेख छ ।

यस्तै, वातावरणीय दृष्टिकोणले सरसफाइयुक्त, प्रदूषणमुक्त बनाउन र हरित नगरपालिका निर्माणमा विशेष पहल गरिने, स्वास्थ्य बिमालाई कडाइका साथ कार्यान्वयन गरिने, राजश्व वृद्धिमा भन्दा दायरालाई फराकिलो पारिने, एकीकृत सम्पत्ति करमा लक्षित वर्गलाई विशेष छुट दिइने, नगरपालिका भित्र बन्ने र बनिसकेका पूर्वाधारहरूलाई अपाङ्गमैत्री, महिलामैत्री, बालमैत्री, ज्येष्ठ नागरिकमैत्री बनाउने उल्लेख छ ।

नगरभित्र यत्रतत्र छरिएर रहेका अटोसर्विसहरुलाई उचित ठाउँमा व्यवस्थापन गरी ग्यारेज तथा सर्भिसिङ्ग गर्ने अटो व्यवसायलाई अटोभिलेजमा लैजाने र निश्चित ठाउँबाट मात्र सेवा प्रदान गर्ने व्यवस्था मिलाउने घोषणापत्रमा समावेश छ । नगरमा आइपर्ने विपत्, महामारी, प्राकृतिक प्रकोपको सामना गरी जनतालाई हरपल साथ र सहयोग उपलब्ध गराउने, नगरभित्र रहेको खेतीयोग्य जग्गालाई विशेष संरक्षण गरी चक्लाबन्दी र खण्डीकरणको उचित व्यवस्थापन गर्ने विषयलाई प्रतिबद्धतामा समेटिएको छ ।

यस्तै, विषम परिस्थतिका कारण प्रायः ठप्प रहेका यहाँका व्यापार, व्यवसाय, होटेल   तथा रेष्टुरेन्टहरुलाई प्रोत्साहनका साथ अगाडि बढाउन विशेष पहल गर्ने, नगरमा रहेका जातजाति, भाषाभाषी, सम्प्रदाय सबैको आत्मसम्मान हुने गरी भौगोलिक रीतिरिवाज, सांस्कृतिक परम्पराको महत्त्वलाई जोड दिँदै थप हौसला पुग्ने काम गर्ने समाजवादीले प्रतिबद्धता गरेको छ ।

न्यायिक समितिले गर्नुपर्ने नगरको समस्यालाई छिटोछरितो र प्रभावकारी ढंगबाट किनारा लगाई नगरवासीहरूलाई न्यायको प्रत्याभूति दिइने र ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई घरघरमा पुगेर सेवा उपलब्ध गराउने समाजवादीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द