२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गुलमोहरले सजिएका वीरेन्द्रनगरका सडक (फोटो फिचर)

२५ बैशाख २०७९, आईतवार ०१:३१

वैशाख २५, सुर्खेत | मनै लोभ्याउनेगरी ढकमक्क फुलेका फूल । कर्णालीकाे राजधानी वीरेन्द्रनगरका सडक यतिखेर रंगिचङ्गी देखिन्छन् छेउछाउमा फूलेका गुलमाेहरका कारण ।

सडकमा सेल्फी खिच्नेहरु पनि बढेका छन् । सडकका दुई किनारामा लामबद्ध रोपिएका यी फूलले वीरेन्द्रनगरका सडकको सोभा नै बढाएकाे छ ।

कुइनेपानी, घण्टाघर, ईत्राम लगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले मोहित बनाएको छ । वसन्त ऋतुमा प्रकृतिले काँचुली फेरेर उमंग ल्याउँछ ।

हरियाली र रंगीचंगी फूलले प्रकृति सिँगारिन्छ । यही मौसममा सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको छ । फूलको नजिक गएर फोटो खिच्दा आकाशले नै रातो पछ्यौरी ओढिरहेको भान हुन्छ । प्रकृतिको यति अनुपम दृश्यहरु भने वीरेन्द्रनगरमा सहजै देख्न सकिन्छ । गुलमोहरले कर्णाली प्रदेसको राजधानीको शोभा बढाएको छ ।

गुलमोहरलाई नजिकै गएर निहाल्ने वित्तिकै मनमा नयाँ उल्लास र उर्जा पलाउने वीरेन्द्रनगर ६ का ललित बस्नेत बताउँछन् । गुलमोहर फुलेका बेला निकै आर्कषक देखिने भएकाले यसका विरुवा वीरेन्द्रनगरका अन्य पर्यटकीय स्थलमा पनि लगाइनुपर्ने वीरेन्द्रनगरपालिकाका ३ का रमेश पुलामीको भनाइ छ ।

वीरेन्द्रनगरलाई ग्रिन सिटीका रुपमा विकास गर्ने योजना  अनुसार नयाँ सडकमा छेउछाउमा पनि वृक्षरोपण गरिरहेको वीरेन्द्रनगर नगपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान