१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हुम्लामा पाँच महिला मतदान अधिकृत

२५ बैशाख २०७९, आईतवार ०३:०१

वैशाख २५, हुम्ला | स्थानीय तह निर्वाचनका लागि हुम्लामा पाँच जना महिलालाई मतदान अधिकृतकाे जिम्मेवारी दिइएकाे छ ।

डिभिजन वन कार्यालयका प्रमुख रेनुका न्यौपाने सिमकोट गाउँपालिका-७ को टुलिङ मतदान केन्द्र, सहायक वन अधिकृत प्रतिमा पनेरु सिमकोट-६ को कालाशिल्ता मावि मतदान केन्द्र, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक सविता शाही सिमकोट गाउँपालिका-३ को रलिङ मावि मतदान केन्द्र, स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहरा नाम्खा गाउँपालिकाको मोतीराम प्रावि मतदान केन्द्र, नापी कार्यालयकी सुधा सापकोटा सिमकोट गाउँपालिका-५ को भीमसेन मावि मतदान केन्द्रको जिम्मेवारी पाएका छन् ।

मतदानका लागि २१ प्रतिशत महिला परिचालन गरिएको र महिला मतदान अधिकृतको रूपमा खटिएका मतदान केन्द्रमध्ये चार वटा केन्द्रका लागि कार्यालय सहयोगीबाहेक अन्य सबै महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले बताए ।

सिमकोट-५ मा रहेको  भीमसेन मावि मतदान केन्द्रमा कर्मचारी, प्रहरी र म्यादी प्रहरी पनि महिला नै खटाइएको बताए । 

निर्वाचनका लागि जिल्लामा २ सय ५४ जना कर्मचारी परिचालन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार