नन्दराम जैशी, भदौ १६, जुम्ला । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियार सहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाइ एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी, भदौ १६, जुम्ला । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियार सहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाइ एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्त"/>
2026-08-29 07:08 AM
जुम्ला - JML

अत्याधुनिक हतियारसहित पाँच लुटेरा पक्राउ

नन्दराम जैशी, भदौ १६, जुम्ला । गएराति जुम्लाको बुम्रमाडीचौर गाविसबाट अत्याधुनिक हतियार सहित पाँचजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनिहरुलाइ एसएमजी एक थान, सात राउन्ड गोली, एक थान चाइनिज पेस्तोल र तीन राउन्ड गोली तथा ३०० केजी वन लसुन र रु ७० हजार नगद सहित पाँचजना लुटेरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी दिल बहादुर थापाले जानकारी दिनुभयो ।

जनपथ तथा सशस्त्र प्रहरीको संयुक्त अपरेसनको १६ दिनपछि लुटेराहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाको भनाइ छ । प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार गोठीचौर, पातारासी, छुमचौर र डिल्लीचौरमा पनि अपरेसन तीव्र बनाइएको छ ।

पक्राउ परेका पाँचजनामाथि अनुसन्धान थालिएको उहाँले बताउनुभयो । यसअघि जिल्लाको पातारासी गाविसका जनक बुढा र पृथ्वीबहादुर ऐडीको घरबाट धनमाल र रु ६ लाख नगद लुट्ने छुमचौर–७ का श्रीबहादुर वुढा र पातारासी– ३ वस्ने चन्द्र वीर ऐडीलाइ पक्राउ गरी मुद्दा चलाइरहेका बेला पुन पाँचजना लुटेरालाई प्रहरीले समात्न सफल भएको हो । प्रहरीले लुटेरालाई खोजतलास कार्य तीव्र बनाएपछि स्थानीयवासी खुसी भएका छन् ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो