१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

देउवा र प्रचण्ड धनगढीमा, देउवा गृह जिल्ला पनि जाने

२६ बैशाख २०७९, सोमबार ०३:१४

वैशाख २६, धनगढी | प्रधानमन्त्री एवं का‌ंग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सत्ता गठबन्धनकाे चुनावी सभालाई सम्बाेधन गर्न धनगढी पुगेका छन् ।

देउवा आइतबार साँझ नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीस्थित बोराडाँडी आर्मी ब्यारेकमा ओर्लिएका थिए भने प्रचण्ड पनि राति अबेर पुगेका हुन् । देउवा आइतबार राति धनगढीस्थित आफ्नै निवासमा बसेका थिए । उनले याे घर ०७४ काे चुनावमा किनेका थिए ।

धनगढीमा बिहान ११ बजे आमसभा हुने कांग्रेस कैलालीका सचिव नृप सुनारले जानकारी दिए । याे सभालाई देउवा, प्रचण्डसहितले सम्बोधन गर्ने छन्।

देउवा आजै गृहजिल्ला डडेल्धुरा जाने छन्। 

प्रचण्डले धनगढीबाहेक कैलारीको हसुलियामा माओवादीको कैलारी गाउँ कमिटीले आयोजना गर्ने चुनावी सभालाई सम्बाेधन गर्नेछन् । उनी कञ्चनपुरको बेलौरी र बैतडी पनि जाने कार्यक्रम छ ।

गठबन्धनले आइतबार मात्र दाङमा सभा गरेकाे थियाे । 

धनगढीमा गठबन्धनबाट कांग्रेस नेता नृपबहादुर वड मेयरमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यस्तै एमालेबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गाेपाल हमालसहित चुनावी मैदानमा छन् ।

धनगढी प्रधानमन्त्री देउवा पत्नी आरजु राणाकाे चुनावी क्षेत्र पनि हाे । ०७४ काे प्रतिनिधिसभा चुनावमा आरजु एमाले नेता नारदमुनी रानासँग पराजित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार